काठमाडौं । रेडियन्ट पब्लिकले १०औँ एक्सेल्सियर कपमा दोहोरो उपाधि जितेको छ । रेडियन्ट सिनियर ब्वाइज बास्केटबल र यू-१३ ब्वाइज फुटसलमा च्याम्पियन बन्यो । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज बास्केटबल फाइनलमा रेडियन्टले जेनिथलाई ५१-४४ ले पराजित गर्यो । रेडियन्टका रोहित चौधरीले २८ अंक जोड्नुभयो ।
सिनियर गल्र्स बास्केटबलको उपाधि भिडन्तमा काष्ठमण्डपले रिब्सलाई ३२-१५ ले हरायो । काष्ठमण्डपकी अमानी रेग्मीले १२ अंकको स्कोर गर्नुभयो । रोहित र अमानी आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा निसर्ग वाटिका तथा गल्र्समा बोधीसत्व स्कुल अनुशासित टिम चुनिए ।
द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यू-१२ मा मोर्डन इण्डियन स्कुल (एमआइएस), यू-१३ मा रेडियन्ट र यू-१६ मा न्यु एराले उपाधि चुमे । यू-१२ को फाइनलमा एमआइएसले बृहस्पति विद्या सदनमाथि ५-१ को सहज जित दर्ता गर्यो । एमआइएसका रफिक महर्जनले ४ तथा सिर्जल बोहराले १ गोल गर्नुभयो ।
एमआइएसका रफिक महर्जन उत्कृष्ट खेलाडी तथा प्रसिद्ध आचार्य उत्कृष्ट गोलरक्षक बन्नुभयो । ल्याण्डमार्क एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्यो । यू-१३ को फाइनलमा रेडियन्टले काष्ठमण्डपलाई टाइब्रेकरमा २-० गोलले हरायो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो । रेडियन्टका शुलभ गुरुङ उत्कृष्ट खेलाडी तथा रेडियन्टकै प्रयास थापा मगर उत्कृष्ट गोलरक्षक ठहरिनुभयो । राई स्कुल अनुशासित टिम बन्यो ।
यू-१६ को उपाधि प्रतिस्पर्धामा न्यु एराले काष्ठमण्डपको चुनौती ४-१ गोलले पन्छायो । न्यु एराका आयुश मगरले २ तथा पेम्बा तामाङ र डेविड अधिकारीले समान १-१ गोल गर्नुभयो । न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा न्यु एराकै सुवर्ण तामाङ उत्कृष्ट गोलरक्षक चुनिनुभयो । बालदीक्षा सदन अनुशासित टिम बन्यो ।
विजेतालाई पूर्वसांसद एवं एनप्याब्सनकी संस्थापक अध्यक्ष गीता राणा, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । माघ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज/गल्र्स बास्केटबलमा समान १२-१२ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइभ ए साइड फुटसलको यू-१२ मा १८, यू-१३ मा २० र यू-१६ मा १२ टिम सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच