पदम दाहाल
अवज्ञा गरौँ भन्छ कोही
तर कसै गरे मान्दै मान्दैन मेरो मन
सायद यो मभित्रको एउटा चुरिफुरी हुन सक्छ
कि त आफैंसितको एउटा कमजोरी हुनसक्छ
कुनै बेला त क्रोध पोखौँ
आक्रोश नरोकौँ भन्न आउँछ कोही
तर कसै गरे मान्दैन मेरो मन
क्रोधाग्नि बगाउन दिँदैन कसैले अनुमति
खटनपटनकर्ता कुन्नि को छ मालिक ?
उसैले भित्रभित्रै अराउँछ
लुकाउन लाउँछ अपसोच
सायदयो पनि मभित्रको मनैको
हुनसक्छ एउटा आफ्नै बफादारिता
कि हो त आफ्नै जीवनको कुनै एक कमजोरी यो ?
० ० ०
स्नेह बोकेर अँगालो मार्न
आइपुग्छन् नजरहरू लोभिदै
मेरो शरीरको रौंचिरा रौंसिलामा
तर नजिक पर्दैन यो छायाँ तिनका सम्मोहनमा
खै के भनूँ म ?
तिनको अदम्य साहस र हिम्मतलाई
यसैलाई जिन्दगीको जीत कहन्छु म
र हार ठहराउँछु उसलाई
सायद उसका अलमस्तीमा
खुशी मान्दैन मेरो मन
दिन पनि खोज्दैन मेरो मन कुनै निष्कर्ष
सायद ठान्दो हो ऊ यसैलाई एक उत्कर्ष
के हुन सक्छ र यो मभित्रको कुनै एक कमजोरी ?
यही कमजोरी आफलेर
उद्बुद्ध साँचेर बाँचिरहेछ मेरो मन ।
० ० ०
कोही चाहन्छ तड्पाउन
मभित्रको आफ्नोपनलाई
स्वाभिमानलाई जिस्क्याउँछ
बिच्क्याउन चाहन्छ परैबाट
भत्काउन खोज्दै हुन्छ मलाई
तर टेर्दै टेर्दैन मेरो तन
मान्दै मान्दैन भत्किन मेरो मन
मभित्र लुकेकै छ अहम् स्वाभिमान
किनकि मभित्रै छ विश्वको सर्वोच्च सगरमाथा
होचिएर थेचिएर कहिल्यै बस्न चाहँदै चाहदैन ऊ
सायद, आफूसितको देदीप्यमान मेटाउन
दिंदो हो कसले र ?
कहाँ मान्छ र मेरो मन ?
० ० ०
मादी न.पा.६, सङ्खुवासभा
हाल : लोकन्थली, भक्तपुर ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच