
अहिले मेरो हातमा भएको पुस्तकको शीर्षक हो ‘कर्मयोग र साधना’ र यस पुस्तकका साधकको नाम हो कृष्णप्रसाद मास्के । मास्के दोलखाका बासिन्दा हुनुहुन्छ । उहाँ प्रतिष्ठित व्यवसायी र समाजसेवी हुनुहुन्छ । यही कारणले उहाँ यसरी यस स्तरको पुस्तकमा समेटिन सफल हुनुभएको हो । यो पुस्तक उहाँको आत्मवृत्तान्त हो । घोष्ट राइटिङ नेपालद्वारा प्रकाशित भएको यस पुस्तकको सम्पादन सिर्जना शर्माबाट भएको छ । यसको सर्बाधिकार लेखक अथवा आत्मकथाकारमै निहित छ । डिएमआई साइजमा प्रकाशित यस पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । यसको छपाइस्तरीय छ र अशुद्धिहरू कमै पाइन्छन् ।
एकजना कर्मयोगीका बारेमा यसरी पुस्तक प्रकाशन गरिदिएर उहाँलाई चिनाउने र उहाँका कामहरूको बारेमा जानकारी गराउने गरी अग्रसर बन्ने घोष्ट राइटिङ नेपाल धन्यवादको पात्र बनेको छ । यो भनिरहनै पर्दैन यस्ता हजारौं पुस्तक प्रकाशन गरिसकेको घोष्ट राइटिङ नेपालबाट यस्ता अन्य प्रयास पनि हुने नै छन् ।
आवरणपृष्ठबाहेक २७६ पृष्ठको फैलावटमा रहेको यो पुस्तक सरदर आयतनको छ र यसको मूल्य ६०० रुपैयाँ छ । पुस्तकको लेआउट नगेन्द्र लामा (स्याङ्बो)को छ भने आवरण डिजाइन सौरभ सापकोटाले गर्नुभएको छ । आवरण पृष्ठमा दोखखाको भीमेश्वर मन्दिरजस्तो लाग्ने मन्दिरको केही भाग र त्यसको वरिपरिको भागलाई पृष्ठभूमिमा राखेर कर्मयोगी र साधक कृष्णप्रसाद मास्केको ठूलो फोटो राखिएको छ । पृष्ठ आवरणमा घोसटराइटिङ नेपालका अध्यक्ष कमल ढकालको र पुस्तकमा नायक बनाइएका कृष्णप्रसाद मास्केको भनाइ राखिएको छ । तल लोगोसहित प्रकाशक संस्था घोष्ट राइटिङ नेपालको नाम उल्लेख गरिएको छ ।
पुस्तकको भूमिका खण्डको सुरुमा मास्केकी स्वर्गीय श्रीमती जाम्बवति मास्केप्रति यो पुस्तक समर्पण गरिएको छ । त्यसपछि घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालको ‘प्रकाशकीय’, मास्के स्वयंको ‘लेखकीय’, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका पूर्वकार्यकारी निर्देशक तीर्थराज वन्तको ‘शुभेच्छा एक कर्मयोगीलाई’ र विचारपूर्ण निर्णयहरू छन् । त्यसपछि विषयसूची छ । यो पुस्तक पाँच खण्डमा विभाजित छ । पहिलो खण्डमा आठवटा उपखण्ड छन् । यसमा ग्रन्थनायकको जन्मभूमिको सम्झना, पुर्खाको बारेमा जानकारी, उहाँका पिताको जीवनसङ्घर्ष, आमाको सम्झना, बाल्यकाल र जीवन यात्रा, हेलिकोप्टर चाटर्ड गरेर दोलखा, सत्य साइबाबाको दर्शन र तीर्थयात्रा तथा श्रीमती जाम्बवति बिरामी हुँदा उपखण्ड र यी अन्तर्गतका अन्य उपशीर्षक छन् ।
यसैगरी दोस्रो खण्डमा चारवटा उपखण्डहरू छन् जसमा उद्योगतर्फ मेरो लगाव, स्विस प्रोजेक्टमा जागिर, नेपालको औद्योगिक विकासमा नेपाली गलैँचा उद्योग र आफ्नै गलैँचा उद्योग रहेका छन् । यी शीर्षकअन्तर्गत विभिन्न उपशीर्षक पनि छन् । खण्ड तीनमा विभिन्न ६ वटा शीर्षकका प्रस्तुतिहरू छन् । उहाँ सामाजिक क्षेत्रमा संलग्नता, धार्मिक काममा संलग्नता : भीमेश्वर मेरो सपनामा, भीमेश्वर मन्दिर जीर्णोद्धार गर्नुपरेको आवश्यकता, त्रिपुरासुन्दरी मन्दिर जीर्णोद्धार, भीमेश्वर मन्दिरमा ज्ञान महायज्ञ २०६३ र भीमेश्वर भगवत सदन रहेका छन् । यी शीर्षकका प्रस्तुतिहरूमा पनि उपशीर्षकहरू छन् ।
खण्ड चारमा देशविदेशमा गरिएका भ्रमणहरू सङ्क्षेपमा भनिएको छ र यसअन्तर्गत नौवटा शीर्षकमा विभिन्न प्रस्तुतिहरू रहेका छन् । पहिलो भ्रमण सोलुखुम्बुको स्विस साटा प्रोजेक्ट, अमेरिका भ्रमण, मलेसिया भ्रमण, तिब्बतको भ्रमण, जापानको टोकियो अन्तर्राष्ट्रिय मेलामा, छोरीज्वाइँसँग दुबई यात्रा, चौरासी पूजा गर्ने सौभाग्य, शाश्त्रीय सङ्गीतको श्रृवृद्धिमा विश्वशान्ति भगवत भजनाश्रमको प्रयास र सास्ंकृतिक संरक्षणको अनुकरणीय अभियान भीमेश्वर मन्दिर जीर्णोद्धार रहेका छन् । यी नौवटै शीर्षकका प्रस्तुतिहरूमा उपशीर्षक छैनन् ।
अन्तिममा खण्ड पाँचमा दुईवटामात्र शीर्षक छन् । यहाँ परिवार तथा साथीभाइहरूको नजरमा कृष्णप्रसाद मास्के र केही महत्वपूर्ण तस्वीर छन् । यी शीर्षकअन्तर्गत पनि उपशीर्षकहरू छैनन् । यसरी एकजना कर्मयोगीका बारेमा यसरी पुस्तक प्रकाशन गरिदिएर उहाँलाई चिनाउने र उहाँका कामहरूको बारेमा जानकारी गराउने गरी अग्रसर बन्ने घोष्ट राइटिङ नेपाल धन्यवादको पात्र बनेको छ । यो भनिरहनै पर्दैन यस्ता हजारौं पुस्तक प्रकाशन गरिसकेको घोष्ट राइटिङ नेपालबाट यस्ता अन्य प्रयास पनि हुने नै छन् । पुस्तकको सफलताको हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच