
काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका गीतकार हरि उप्रेतीलाई थाइल्याडको बैंककमा सम्मान अर्पण गरिएको छ । उहाँलाई अमेरिकामा रहेर नेपाली भाषा, साहित्य कला संस्कृतिका साथै गीतसंगीतका क्षेत्रमा विगत लामो समयदेखि पुर्याउँनुभएको योगदानको कदर गर्दै ‘जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान’ प्रदान गरिएको हो ।
उप्रेती कार्यक्रममा उपस्थित हुन असमर्थ भएपछि उहाँको सम्मान मिलाप मासिककी कार्यकारी सम्पादक गीत अधिकारीले ग्रहण गर्नुभएको थियो । आप्रवासी नेपाली गीतकार संघ अमेरिकाका अध्यक्षसमेत रहनुभएका उप्रेती नेपाली साहित्य तथा गीतसंगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको गजलसंग्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।
विगत १६ वर्ष काठमाडौंमा रहेर गीतसंगीतका क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रा.लि.ले थाइल्याण्डको बैंककमा एक विशेष भव्य समारोहबीच समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका व्यक्तित्वलाई सम्मान अर्पण गरेको थियो ।
गैरआवसीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको समारोहमा गीतसंगीतका साथै समाजका विभिन्न क्षेत्रमा अमूल्य योगदान पुर्याएका व्यक्तित्वलाई उहाँहरूका कार्यको उच्च प्रशंसा गर्दै सम्मान अर्पण गरिएको जिनियसका अध्यक्ष रमेश पाठकले बताउनुभयो । नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको समारोहमा विभिन्न कलाकारले आ-आफ्नो प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल हुनुभएको थियो ।
थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्यता रहेको समारोहमा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि भविन्द्र बस्नेत, सिक्किमका जीवन शर्मा, विशेष अतिथि सुनिल, मिलापका प्रधानसम्पादक कृष्ण भुसाललगायतले थाइल्याण्डको बैंककमा आएर यस्तो भव्य कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै विश्वमा जहाँ रहेपनि नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै नेपाली गीतसंगीतको संरक्षण एवं सम्बद्र्धनमा जुटनुपर्ने भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच