बर्दिया । बर्दिया १ मा नेपाली कांग्रेसका सञ्जय गौतम ४ हजार ४ सय ५६ मतान्तरले विजयी हुनु भएको छ ।
गठबन्धनका तर्फ बाट उम्मेदवार रहनु भएका गौतमले ३० हजार ६ सय ११ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १ सय ५५ मत प्राप्त गर्नु भएको थियो ।
यसै गरी नागरिक उन्मुक्ति पार्टिका ठाकुरसिंह थारुले २३ हजार ९ सय ९३ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टिका प्रबेश भुसालले ११ हजार ४ मत ल्याउनु भएको थियो ।
यता क्षेत्र न १ को प्रदेश सभा (ख) मा नागरिक उन्मुक्ति पार्टिका राजकुमार चौधरी बिजयी हुनु भएको छ । उहाँले १३ हजार २ सय ३० मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भक्तबहादुर विकले १२ हजार १ सय ८३ मत ल्याउनु भएको थियो ।
गठबन्धनका तर्फ बाट चुनावी मैदानमा रहनु भएका नेकपा माओवादी केन्द्रका अञ्जु दहितले ११ हजार ४ सय ९० मत ल्याउदै तेस्रो स्थानमा रहनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच