गीता अधिकारी
हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित नाम हो । वि.सं. २०३४ सालमा माता डम्बरकुमारी उप्रेती र बुवा गणेश उप्रेतीको कोखबाट भुटानमा जन्मिनुभएका उहाँ नेपालीभाषी हुनुहुन्छ । आफूभित्र रहेको साहित्य र कलाको बिउले उहाँलाई कुत्कुत्याइरहृयोे । त्यही प्रतिभालाई अंकुुरित गराउन सानैदेखि उहाँका हातहरू कलम समाउनतर्फ सोझिए । चञ्चले तर धारिलो बुद्धि भएका उप्रेतीमा भाषा, साहित्य तथा संस्कृतिप्रतिको लगाव बाल्यकालदेखि नै लोभलाग्दो थियो ।
सन् १९९० तिर भुटानी शासकको विषालु हतियारले नेपालीभाषी भुटानीमाथि हस्तक्षेप गर्न थालेपछि १२ वर्षको उमेरमै जन्मभूमिबाट लखेटिनुप¥यो । बालककालमै अनुदार सत्ता र शासकको हेलाबाट गुज्रिनुएका अधिकांश नेपाली भाषी भुटानीहरू नेपालमा शरण पर्न आए । सोही क्रममा उहाँको परिवार पनि मोरङ जिल्लामा आएर गुजारा चलाउन थाल्यो ।
विनाकसुर भुटानी सरकारबाट हजारौं परिवार मिल्काइएपछि उहाँको कलिलो मानसपटलमा पनि त्यसको गहिरो धक्का टाँसिन पुग्यो । उहाँका अधिकांश सिर्जनामा बाल्यकालमा भोग्नुपरेका पीडा, कष्ट र दुःखको अनुहार देख्न सकिन्छ । नियतिले जीवनको प्रारम्भमै कहालीलाग्दा उतारचढाव र दुःखका हुण्डरीहरू थमाइदिएपछि उहाँको बालसुलभता त्यसै दबिन पुग्यो । सानैदेखि दुःखलाई आत्मसात् गरेर निरन्तर सफलताको खोजीमा प्रयत्नशील रहिरहनुभयो ।
आफूभित्रको विशेष प्रतिभालाई उहाँले चिनेर त्यसैलाई फक्राउन आफूलाई बहुविधामा जोड्नुभयो र जितका कोसेलीहरू पनि हात पार्नुभयो । सन् २००९ मा संयुक्त राज्य अमेरिकातर्फ लाग्नुभएका उहाँको आफ्नो भाषा, संस्कृति र कलाप्रतिको मोह झन् गाढा बन्दै गयो, फैलिँदै गयो । परिस्थिति र बाध्यताले नेपाल छाड्नुपरे पनि आफ्नो भाषा, कला र संस्कृतिको अनुरागले भने उहाँलाई तान्न छाडेन । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवद्र्धन र श्रीवृद्धि गर्न उहाँ सधैं जुट्नुभएको छ । उहाँका करुण गीति एल्बम, अडियो बुक मनका तरेलीहरू र करुण-२ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीत संगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ ।
नेपाली कला, संस्कृति, वेशभूषा, रहनसहनलाई अति नै माया गर्ने गीतकार उप्रेतीको गजलकारका रूपमा पनि त्यतिकै ख्याति कमाउनुभएको छ । उहाँको हालै गजलसंग्रह ‘गुनासो’ पाठकमाझ आएको छ । यसमा उहाँले ९० वटा गजलका थुँगा पस्किनु भएको छ । कृतिमा उहाँले विभिन्न भाव र विषयका गजल पस्किनुभएको छ । गजल संग्रहमा रहेका गजलमा उहाँले मानवीय माया-प्रेम, देश र प्रकृति प्रेमका साथै नेपाली समाजमा देखिएको विकृति, विसंगति, गुट-फुट, घात-प्रतिघात समेटनु भएको छ । उहाँका हरेक गजलमा नेपाली मन र नेपाली पनको सुगन्ध भेटिन्छ ।
खोला बगे जस्तो बग्छ, न रोकिन्छ जिन्दगी
जति लेख पानीमा कथा, न लेखिन्छ जिन्दगी ।।
–––
थाह छैन किन यो गाउँघर बिरानो लाग्छ
मान्छे मान्छेभित्र जन्मिएको थर बिरानो लाग्छ ।।
माथिका गजलका यी थुँगाले प्रष्ट हुन्छ कि उहाँका गजलमा हाम्रो माटोको सुगन्ध छ, समाजिक परिवेश छ, विद्रोहको ज्वालासँगै समाज परिवर्तनको राजमार्ग छ हाम्रो विभिन्न परिवेश रहेको छ । उहाँ गीत, गजल, तथा साहित्यको माध्यमबाट नेपाली कला-संस्कृतिको भकारीलाई अझ समृद्ध बनाउने बाटोमा प्रयत्नशील हुनुहुन्छ । सरल, हँसमुखी र अति नै मिलनसार स्वभावका वरिष्ठ गीतकार तथा गजलकार उप्रेतीलाई एक बहुआयामिक प्रतिभाशाली, भर्सटाइल गीतकार भन्न सकिन्छ । साँच्चै उहाँमा हरेक प्रकारको गीत तथा गजल लेख्न सक्ने खुबी छ । त्यसैले त उनी भन्नुहुन्छ, ‘गीत, गजल मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।
नेपाली गीत, गजल, संगीत भनेको हाम्रो सम्पत्ति हो, संस्कृति हो, त्यसैले हामीले यसलाई संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो र नेपाली सांगीतिक क्षेत्र तथा गीतसंगीतको स्तरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो । नेपालको मोरङ हुँदै अमेरिका पुगेर गीत, गजल तथा साहित्यको आकाशमा छुट्टै पहिचान बनाउन सफल उप्रेती गीतसाहित्यका धरोहर बनिसक्नु भएको छ । करिब एक दशकदेखि गीत, गजल तथा कविता लेखनमा सक्रियताका साथ लाग्नुभएका उप्रेतीले दर्जनौं लोकप्रिय गीत, गजल छन् ।
उहाँको गीत गजलमा नेपालका ख्यातिप्राप्त गायक-गायिकाले स्वर भरिसकेका छन् भने सुप्रसिद्ध संगीतकारले मिठो संगीतका आलापहरू रेटिसकेका छन् । आधुनिक, पप, लोक, चलचित्रका गीत तथा भजनका साथै गजलसमेत लेख्नमा पोख्त गीतकार तथा गजलकार उप्रेतीले थुप्रै नेपाली चलचित्रका गीतमा शब्द कोर्नुभएको छ । साहित्यका बहुविधामा आफूलाई अब्बल प्रमाणित गरिसक्नु भएका उहाँको विराट प्रतिभा उदाहरणीयमात्र होइन अनुशरणीय छ । उहाँले चलचित्र तथा डकुमेन्ट्री फिल्म निर्माण पनि गर्नुभएको छ ।
देश छाडे पनि आफ्नो, माटो, भाषा, संस्कृति र कलाको माया अनन्त रहिरहन्छ र देशका लागि योगदान गर्न जहाँ बसे पनि सम्भव हुन्छ भन्ने कुरा उहाँको जीवनबाट पढ्न र अनुभव गर्न सकिन्छ । उहाँले नेपाली गीतसंगीत र कला क्षेत्रको विकासमा थपेको इँट्टाले यसको भकारी अझै बढेको छ । यस्ता वरिष्ठ सर्जक, गीतकार, चलचित्रकर्मी तथा समाजसेवी हरि उप्रेतीलाई आगामी दिनहरूमा अझै सफलता मिलोस् । गीत, संगीतको क्षेत्रमा उप्रेतीभित्रको प्रतिभाको भेल यसरी नै बगिरहोस् । मेरो प्राण रहेसम्म गीत, गजल, कला र साहित्य सिर्जना र यसको श्रीवृद्धिमा लागिरहनेछु भन्नुहुने स्रष्टा उप्रेतीका आगामी दिनमा यस्तै–यस्तै सिर्जनाहरूको रसस्वादन गर्न पाइराखौं यही गीताकामना । तमसोमा ज्योर्तिगमय !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच