‘मिस एसइइ नेशनल २०२२’ विजेता दृष्टि

Read Time = 3 mins

काठमाडौं । ‘मिस एसइइ नेशनल २०२२’को उपाधि दृष्टि बस्नेतले जित्नुभएको छ । २१ प्रतियोगीलाई पछि पर्दै उपाधि चुम्नुभएकी दृष्टिले विभिन्न गिफ्ट हृयाम्परसँगै प्लस २ का लागि छात्रावृत्ति (एयर होस्टेज, फेसन डिजाइनिङ’लगायत हात पार्नुभयो ।

शनिबार राष्ट्रिय नाँचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेण्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप हुनुभयो । सबै विजेताले विभिन्न गिफ्ट र उपहारसमेत हात पार्नुभयो ।

युहान इन्टरनेशनल आयोजक र एमी इन्टरटेनमेन्टको सहकार्य रहेको प्रतियोगितामा पब्लिक चोइस प्रमिशा चौलागाई, फष्ट रनरअप पब्लिक चोइस दृष्टि बस्नेत, भियुर्स चोइस प्रमिशा चौलागाई, फष्ट रनरअप भियुर्स चोइस मञ्जिशा कँुवर, म्यानेजमेन्ट चोइस तृषा अर्याल, मिस ट्यालेन्ट लिपी दाहाल, मिस फोटोजेनिक अबिरा कार्की, वेष्ट वाक पूजा पराजुली, वेष्ट पुर्सनालिटी अरुणिमा सिंह, मिस स्टाइलिस बेलिरिना कार्की, मिस कञ्जिनालिटी लुनिभा कपाली, मोष्ट चार्मिङ श्रेना भण्डारी, मिस कन्फिडेन्ट शिवानी रे, मोष्ट इन्टेलिजेन्ट सेनीका सुवेदी, मोष्ट एक्टिभ जिज्ञाशा केसीलगायतले हात पार्नुभयो ।

धीरज तण्डुकार, ब्युटिसीयन स्वस्तिमा राजभण्डारी, पर्यटन व्यवसायी तथा समाजसेवी संगीता रौनियर, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’की विजेता सायुरी श्रेष्ठलगायत निर्णायक रहेको प्रतियोगिताको केरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो ।
एसइइ दिएर बसेका छात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविश्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?