दोस्रो ट्रेलरमा ‘सम्झना बिर्सना’

Read Time = 2 mins

काठमाडौं । नयाँ चलचित्र ‘सम्झना बिर्सना’को दोस्रो ट्रेलर पनि सार्वजनिक गरिएको छ । बुढा सुब्बा डिजिटल युट्युबमार्फत शनिबार सार्वजनिक ट्रेलरमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको प्रेमलाई नै देखाइएको छ । चलचित्र यही असार ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

निमेष प्रधान लिखित तथा निर्देशित चलचित्रको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मज्दुरका समस्यालाई ट्रेलरमा प्राथमिकता दिइएको छ । दार्जिलिङ, सिल्गुढी, सिक्किमलगायत रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा सबै प्रमुख कलाकारहरू आकाश, पूजा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणालाई अटाइएको छ ।

फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा निर्माण पक्षले प्रचारप्रशारलाई निकै सशक्त बनाएको छ । अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको चलचित्रका सार्वजनिक दुई गीत–‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले दर्शक तथा श्रोता माझ चर्चित छन् ।

आदित्य फिल्मस्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिव ढकालले खिच्नुभएको हो भने सम्पादन तारा थापा ‘किम्भे’ले गर्नुभएको छ । चलचित्रका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?