समुद्रको निर्देशनमा चलचित्र ‘गुलाबी’ बन्ने

Read Time = 2 mins

काठमाडौं । महिला निर्देशक समुद्र भट्टको निर्देशनमा नयाँ चलचित्र ‘गुलाबी’ बन्ने भएको छ । क्यानडाको टोरन्टो चलचित्र स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्कनु भएकी भट्टले केही वर्ष पहिले ‘आधा पेज’ नामको चलचित्र निर्देशन गरिसक्नुभएको छ । केही वर्षको अन्तरपछि भट्ट पुनः चलचित्र निर्देशनमा फर्किने हुनुभएको हो ।

दि स्काई ओसन इन्टरटेन्मेन्टको व्यानरमा बन्न लागेको यो चलचित्रको स्कृप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताउनुभयो । प्री प्रोडक्सनमा रहेको यो चलचित्रमा हालै अभिनेता नाजिर हुसैनलाई अनुबन्ध गरिएको छ ।

नाजिर चलचित्रमा मुख्य अभिनयमा रहने बताइएको छ । नाजिरबाहेक अन्य कलाकारको टुंगो लाग्न बाँकिरहेको र केही कलाकार अडिशनबाट छनोट गरिने बताइएको छ । यो बीचमा कलाकार विशाल पहाडीसँग भने सम्झौता भइसकेको बुझिएको छ ।

यो चलचित्रका लागि नाजिरले कम्तीमा १५ केजी तौल घटाउनुपर्ने छ । निर्देशक भट्टले भन्नुभयो, ‘पछिल्लो एक महिनादेखि नाजिर यसका लागि प्रयासरत छन् ।’ स्कृप्ट अनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार हुनुपर्नेछ । भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ । चलचित्रलाई आलोक शुक्लाले खिच्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?