समितिले आज अर्थ र राजस्व सचिवसँग छलफल गर्ने

Read Time = 3 mins

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छफफल गर्ने भएको छ । समितिको बिहीबारको बैठकले अर्थ मन्त्रालयका दुई सचिवसँग छलफल गर्ने निर्णय गरेको हो । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयका पूर्वअर्थमन्त्री शर्माबाट विषय कागज तथा विवरण नआएकाले ठोस एजेन्डामा छलफल हुन नसकेकोे समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । उहाँले बुधबार अर्थ मन्त्रालयलाई पूर्वअर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण माग गरे पनि समयसीमाभित्र नआएको बताउनुभएको छ । सचिव शर्माका अनुसार समितिले तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोणसहितको कार्यतालिका भने पास गरेको छ । आगामी सात दिनभित्रै अध्ययन प्रतिवेदन लेख्ने गरी काम गर्ने सहमति भएको पनि उहाँले बताउनुभएको छ । बिहीबार पनि समितिको सभापति भने चयन हुन नसक्दा ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक बसेको छ ।

समितिका सचिव शर्माले भन्नुभयो, ‘संसदीय विशेष छानबिन समितिको बैठक आज पनि ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बस्यो । ठोस कार्यसूची केही पनि थिएन । बैठकलाई सुव्यवस्थितरूपमा सञ्चालन गर्ने र तोकिएको समयमै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोणसहितको कार्यतालिका बनाउने जिम्मा सचिवालयलाई दिएको थियो । त्यो कार्यतालिका बनाएका थियौं । कार्यतालिकामाथि छलफल भई पारित पनि भएको छ । ठोस विषय छलफल हुन नसक्नुको कारण आज २ बजेसम्म अर्थ मन्त्रालयसँग कागजातहरू माग गरेका थियौं । विवरण माग गरेका थियौँ । अहिलेसम्म पनि अर्थ मन्त्रालयबाट कागजातहरू प्राप्त भएको छैन । मागेको कागज, विवरणहरू नआएका कारण विषयमा केन्द्रित भएर छलफल गर्ने अवस्था भएन ।’

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउनेक्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?