अभिनेत्री महालक्ष्मीको निर्माता रविन्दरसँग कसियो लगनगाँठो

Read Time = 1 min

तिरुमाला । तमिलको सानो पर्दाकी अभिनेत्री तथा कार्यक्रम प्रस्तोता भिजे महालक्ष्मीले निर्माता रविन्दर चन्द्रशेखरणसँग बिहीबार लगनगाँठो कस्नुभएको छ । केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले आफ्ना नजिकका साथीभाइ, परिवारका सदस्य र आफन्तबीच आन्द्रप्रदेशको तिरुमाला तिरूपतीमा विवाह गर्नुभएको हो ।

विवाहको तस्बिरलाई इन्स्टाग्राममा सेयर गर्दै महालक्ष्मीले लेख्नुभएको छ, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा म निकै भाग्यमानी महसुस गरिरहेकी छु । तिमीले मेरो जीवनलाई न्यानो मायाले पूर्ण गरिदिएका छौं । लभ यु अम्मु ।’
महालक्ष्मीले विभिन्न तमिल टेलिशृंखला ‘भानी रानी’, ‘अफिस’, ‘सेलामे’, ‘उथिरिपोक्कल’, र ‘कई ओसाई’लगायतमा मुख्य भूमिका निर्वाह गर्नुभएको छ ।
यता रविन्दरको आफ्नै निर्माण कम्पनी छ । उहाँले विभिन्न चर्चित टेलिशृंखला निर्माण गर्नुभएको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?