एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख

Read Time = 1 min
A A- A+

मुम्बई । बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

‘मैले अहिलेसम्म एक्सन फिल्म गरेको छैन । मैले धेरै प्रेमकथाका फिल्ममा काम गरें । सामाजिक कथामा पनि काम गरें । धेरै फिल्ममा खराब चरित्र निभाए पनि अहिलेसम्म एक्सन फिल्ममा काम गरेको छैन । म अहिले ५७ वर्ष पुगें । अब मलाई लाग्छ कि अबका केही वर्ष मैले एक्सन फिल्ममा काम गर्नुपर्छ । म ‘मिसन इम्पोसिबल’ शैलीमा फिल्म गर्न चाहन्छु’, उनले भनेका छन् ।

शाहरुख हाल फिल्म ‘पठान’को प्रमोशनमा व्यस्त छन् । सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म सन् २०२३ को डिसेम्बर २५ मा रिलिज हुँदैछ । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?