सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

Read Time = 3 mins

मुम्बई । अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा चर्चित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तानमध्ये सबैभन्दा बढी चर्चा सलमान खानकै हुनेगरेकाे छ ।

सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन् । तर, सायद कमैलाई मात्र उनीहरूको शैक्षिक योग्यताका बारे थाहा छ । यहाँ उनीहरुको शैक्षिक योग्यताका बारेमा उल्लेख गरिएको छ ।

सलमान खान

अभिनेता सलमान कलेज ड्रप आउट हुन् । उनले आफ्नो सुरुवाती पढाई ग्वालियरको सिन्धिया स्कुलबाट गरेका थिए । त्यसपछि उनलाई पिता सलिम खानले मुम्बई बोलाए । मुम्बईमा सेन्ट स्टेनिसलस स्कुलमा उनी भर्ना भए । यहाँबाट स्कुल शिक्षा पुरा गरेपछि मुम्बईको सेन्ट जेवियर कलेजमा भर्ना भए । तर अभिनयमा पाइला चालेपछि उनले आफ्नो ग्रयाजुएसन बीचमा नै छोडदिए ।

अरबाज खान

अभिनेता अरबाजले ग्वालियरको सिन्धिया स्कुलमा आफ्नो पढाई पुरा गरेका छन् । यद्यपि उनले स्कुलपछि निर्देशनमा पाइला चाले ।

सोहेल खान

अभिनेता सोहेल खानले मुम्बईको स्टेनिसलस स्कुलबाट १२ कक्षासम्म पढेका छन् । सोहेल पाइलट बन्न चाहन्थे, यसका लागि उनले पाइलट तालिम कोर्षको लागि निवेदन पनि दिएका थिए । तर कमजोर दृष्टिका कारण उनी भर्ना हुन पाएनन् ।

अर्पिता खान

सलमानकी बहिनी अर्पिताको पढाई अब्बल छ । उनले लण्डनको कलेज अफ फेसनबाट फेसन र मेनेजमेन्टको पढाई पुरा गरेकी छन् ।

अलविरा खान

सलमानकी अर्की बहिनी अलविराले फेसन डिजाइनिङमा ग्राजुएसन गरेकी छन् । उनी फेसन डिजाइनरसँगै फिल्म निर्मात्री पनि हुन् ।

आयुष शर्मा

अर्पिताका पति आयुष शर्माले दिल्ली पब्लिक स्कुलबाट १२ पास गरेका छन् । आयुषको सुरुवातदेखि नै अभिनयप्रति चासो थियो । यही कारण उनले आफ्नो पढाई बीचमा नै छोडे ।

सलिम खान

सलमानका पिता सलीमले इन्दोरको सेन्ट रफेल्स स्कुलबाट १२ पास गरेका हुन् । उनले होलकर कलेजबाट बीए र एमएसमेत गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए विद्युतीय एम्बुलेन्स र शववाहनमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद् बैठक : सुनसरी र सिरहाका प्रदर्शनमा मृत्यु भएका चार जना सहिद… शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश