चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज

Read Time = 1 min

काठमाडौं । चन्द्रागिरि हिल्सको सञ्चालक सदस्यमा चारजना निर्वाचित भएका छन् । कम्पनीको १३औँ वार्षिक साधारणसभाबाट सञ्चालक सदस्यमा हेमराज ढकाल, उत्तमकुमार नेपाल, कल्याण गुरुङ र दिलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्टलगायतका पर्यटन पूर्वाधार निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?