काठमाडौं । डा.राजु अधिकारीद्वारा लिखित पुस्तक ‘बनौँ संस्कारी’ लोकार्पण गरिएको छ । नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा शनिबार चैतन्य संस्कार शिक्षालय, मध्य बानेश्वरको प्रकाशन तथा आयोजनामा डा.अधिकारीद्वारा लिखित ‘बनौँ संस्कारी’को चैतन्य संस्कार संस्करण लोकार्पण गरिएको हो ।
विद्यालयका संस्थापक निर्देशक शेषराज दाहालको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव रेश्मीराज पाण्डे, योगमाया आयुर्वेदिक विश्व विद्यालयका संस्थापक अभियन्ता भविन्द्र अधिकारी प्याब्सन जिल्ला कार्य समितिका कोषाक्ष्यक्ष आर.बि अधिकारीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल दिनेशकुमार पाण्डेले स्वागत मनत्व्य राख्नु भएको कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक डा.भागवत आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तकको समालोचना गर्दै भविन्द्र अधिकारीले संस्कार प्रत्येक व्यक्ति समाज र राष्ट्रको आवश्यकता रहेको जसलाई विमोचित पुस्तकले सम्बोधन गरेकाले सबै अभिभावक र बालबालिकाको लागि उपयोगी रहेको विचार राख्नुभयो । लेखक डा.राजु अधिकारीले लेखकीय मन्तव्य राख्दै आफ्नो पुस्तक भोलिका कर्णधार बलबालिका र उहाँहरूको अभिभावकका लागि उपहार रहेको विचार व्यक्त गर्नुभएको थियो ।
चैतन्य संस्कार शिक्षालयका निर्देशक शेषराज दाहालले ‘बनौँ संस्कारी’ पुस्तक विद्यालयको प्रमुख उद्देश्य हासिल गर्न एक कोशेढुंगा सावित हुने विचार राख्दै आगामी शैक्षिक सत्र २०८० देखि विद्यालयको पाठ्यक्रममै समावेश गरी व्यावहारिक संस्कार अध्यापन गराइने घोषणा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच