नेपाल र बंगलादेशबीच बराबरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशसँग एक-एक गोलको बराबरी खेलेको हो । खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले खेलको दोस्रो हाफलाई जोगाउन सकेन ।

खेलको आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभयो । तर, नेपालको त्यो एक-शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७५औँ मिनेटमा बंगलादेशकी खेलाडी सागोरिकाले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

यस बराबरी खेलसँगै नेपालले चार खेलमा चार अंक जोड्दै प्रतियोगिताको अन्त्य गर्‍यो । बंगलादेशले पनि चार खेलमा सात अंक जोड्यो र उपाधि जित्ने सम्भावना पनि समाप्त गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?