सहिद स्मारक लिगमा एपिएफको बिजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल एपिफ फुटबल क्लबले सहिद स्मामर ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

ललितपुरको थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै एपिएफले जितका साथ लिगको सुरुवात गरेको हो ।

त्रिपुरेश्व्रस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा ७२औं मिनेटमा मनि कुमार लामाले फ्रिकिकमा गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए भने ८७औं मिनेटमा अर्माण्ड विनोङले गोल गर्दै एपिएफको जित पक्का गरे । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?