कविता : कोटी ब्रहृमाण्ड हाँसेर छन्दमै प्रीत गाँस्दछन् !

बद्रीप्रसाद दाहाल
Read Time = 2 mins

बाँसुरी छन्दमै नाच्छन्, झुर्मा ढोलक मादल ।
मुरली खैँजडी ट्याम्को, तबला छन्द बादल ।।

वीणा हार्बिन कर्नाल, सुरताल छ मग्मग ।
निर्झरा छर्छराएर, छन्द बल्दैछ जग्मग ।।

भावका छाल छल्किन्छन्, ताता प्रणय माधुरी ।
शङ्खघण्ट सनैभित्र , ओज प्रासाद माधुरी ।।

नर्सिङ्गा कुरुरु ध्वाँध्वाँ, झ्याली डम्फू र डम्मरु ।
के छैन छन्दकाभित्र, रम्भा तिलोत्तमा सरु ।।

अलङ्कार छटा चम्के, छन्दमै रस सञ्चित ।
विभाव भाव सञ्चार, रीति औचित्य मञ्चित ।।

वैशाखी फूल मस्किन्छन्, सरिता गुन्गुनाउँछन् ।
छन्दको पूूर्णता पोखी, भ्रमरा भुन्भुनाउँछन् ।।

हिमाल ताल सञ्जाल पहाड पूूर्ण चन्द्रमा ।
लालीगुराँस सुन्गाभा, कोइली खुुल्छ छन्दमा ।।

पृथिवी शान्ति द्यौः वायुुः, जल नभ र तेजमा ।
छन्द ॐकार बोकेर सिर्जना कुुद्छ वेगमा ।।

माया प्रेम दया भक्ति, ज्ञान विज्ञान नाच्दछन् ।
कोटी ब्रहृमाण्ड हाँसेर छन्दमै प्रीत गाँस्दछन् ।

(जय छन्ददिवस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?