सर्वानन्दा सरस्वती
आमा ! कहाँदुखेको हो, यो मन दुखिरहन्छ, दुखिरहन्छ,
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! पानीदिने मालीहरू नभएर त्यो कर्मथलोमा
रुखहरू ठिंग्रिङ्ग सुकेर बसिरहेका छन् आगोको पर्खाइमा,
हावाचलिरहेकै छ, पातहरूले झर्नु परिरहेको छ,
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! जुरौटो, घरबारीकाकतै पनि साँध देखिँदैन,
सबै एकनास एकरसमाबन्दआवाजमा रहेका छन्
तिमी छैनौं भन्ने जानेर पनि ‘आँसु’झरिरहेको छ
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! तिमी क्षणभंगुरमै देह छोडेर धर्मराजको सभामागयौँ
खैँ ! हिजो मान्छे मरेपछि नर्क वा स्वर्ग जान्थ्यो भन्थे, कतागयौँ
आज तिमी साथबाटै हराउँदा खोज्दै नयनका गङ्गङ्गा बगिरहेछ,
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! तिम्रो पार्थिव शरीर अग्निले चितामा भष्म गराउँदा
म ब्रहृमनाललाई ‘मेरी आमा देखेऊ’ भनी सोधी रहेकी थिएँ,
धर्मराजलाई ‘मेरी आमा फिर्तादेऊ’ भन्दै अनुनयमै पनि पोखिँदै थियो ‘आँसु’
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! भन्नथाले कहिले छोडौली र भन्सार रजाइँको रत्यौली गाउँला
भो ! भो ! यो आर्यघाटबाट त कसरी हामीले यो चोला फर्काउला !
फेरी ! ‘रातभरी कुर्यो बुढी जिउँदै’ भन्दा मन दुखिरहन्छ, आमा !
बहानामा ‘बहिरी नै हुँ’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! घरमा लुटपाट भयो, तिम्रो गहना, धन सबै लुटियो
लुटियो आमा ! मेरो तिमीले दिएको जन्मसिद्ध स्वाभिमान !
म तिम्रो मृत्युमा ‘खुशीको नाटकघर’ निर्माण गरिरहेछु आमा !
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! फुलीसमेत गएन तिमीसँग नगए कानका कुण्डल
दोषहरूको बगैँचामा म सियोले खोपिएर उनिरहेछु
बादलहरूको भीडमा ‘कुहिरी मण्डल’ को स्तम्भ बुनिरहेछु
बहानामा सबैमाँझ ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! घाँससँगै वगेका आँसु र घासमै रमेका पलहरूमा
माटोसँग गाँजल, क्रिम, अनिअङ्ग-अङ्गका सिंगारहरूमा
तिमीले सिंगारेको ति ‘बेहुली’ फूलवारीका नाँचहरूमा
मातृवियोगको चाङ्को चोइटाइमा आज मैले हे आमा !
‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
मेलम्ची २, सिन्धुपाल्चोक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच