भीमेश्वर नगरपालिकाको बजेट ८१ करोड

हिमालय टाइम्स
Read Time = 3 mins

-नवराज शिवाकोटी
दोलखा । भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ कोलागि ८१ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आईतवार तेस्रो नगर सभामा उपप्रमुख कमला वस्नेतले सो बजेट सार्वजनिक गर्नुभएको हो ।

आर्थिक वर्ष २०८०–८१ को लागि कुल ८१ करोड १२ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको बजेट बक्तब्य प्रस्तुत गर्दै भीमेश्वर नगरपालिकाका उप्रमुख बस्नेतले जानकारी दिनुभयो । सो बजेट मध्ये कुल बजेटको करिब ६० प्रतिशत (५९.९९) अर्थात ४८ करोड ६७ लाख चालिस हजार चालु तर्फका कार्यक्रम समेतका लागि विनियोजन गरिएको छ । यसैगरी पूँजिगत तर्फ ३२ करोड २० लाख पचास हजार अर्थात कुल बजेटको ३९ दशमलब ७० प्रतिशत र वित्त ब्यवस्थापन तर्फ २५ लाख अर्थात कुल बजेटको शुन्य दशमलब ३१ प्रतिशत विनियोजन गरिएको बजेट बक्तब्यमा उल्लेख छ ।

नयाँ आर्थिक वर्षकालागि प्रस्तावित बजेट मध्ये विकासका विषयगत क्षेत्रहरुतर्फ आर्थिक विकासमा ४ करोड ६८ लाख, सामाजिक विकासमा ४९ करोड ४३ हजार, भौतिक पूर्वाधार विकासमा २५ करोड २७ लाख ५४ हजार, सुशासन तथा अन्तर सम्न्धित क्षेत्रमा १ करोड ७७ लाख ५० हजार तथा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ३९ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।

बजेटमा “बाँझो जग्गा फुटाऔँ खेति लगाऔ”, “आस्थासँग जोडौं सम्पदालाई , पदमार्ग खोलौं पर्यटकलाई”,“सबै जग्गामा सिंचाई पु¥या औं, बाँझो जमिनलाई उर्वर बनाऔं” लागायतका आकर्षक नारा राखिएको छ । तर सिमित बजेटबाट बजेटमा उल्लेखित लक्ष्य पूराहुनेमा संका रहेको स्थानीय नागरिकको भनाइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?