जुम ब्युटी एकेडेमीको नयाँ शाखा उद्घाटन

Read Time = 2 mins

काठमाडौं । नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले जुम ब्युटी एकेडेमीको नयाँ शाखा उद्घाटन गर्नुभएको छ । कलाकारहरू अधिकारी र क्षेत्रीले सानो भर्‍याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११औैं शाखाको औपचारिक उद्घाटन गर्नुभएको हो ।

कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरू सञ्चालित छन् । गुणस्तर युक्त प्रविधि, सेवामूलक र सम्पूर्ण सुविधा सम्पन्न जुम ब्युटी एकेडेमीमा दक्ष अनुभवी सौन्दर्य कर्मीद्वारा सेवाग्राहीले यो शाखाबाट पनि सेवा लिन पाउने सञ्चालक जुनु चक्रधरले बताउनुभयो । यसका साथै यस एकेडेमीमा अन्तर्राष्ट्रियस्तरको हेयर स्टायल, मेकअप, सेल्फ मेकअप, प्रोफेसनल लगायतका ट्रेनिङको व्यवस्था रहेको छ ।

कार्यक्रममा एकेडेमीका सञ्चालकद्वय सौन्दर्यविद् जुनु चक्रधर र कृषप त्वानावासुले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । अधिकारी, क्षेत्रीसँगै डा.नवल पजियार र चलचित्र ‘जय हो’को निर्माता समिर खानले रिवन र केक काटेर नयाँ शाखा उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उहाँहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?