बैतडीका स्थानीय तहहरुले ८७ करोड बढी बजेट खर्च गर्न सकेनन्

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीका स्थानीय तहहरुले ८७ करोड बढी बजेट खर्च गर्न सकेका छैनन् । चालू आर्थिक बर्षमा जिल्लाका १० ओटै स्थानीय तहहरुले चालू र पुँजिगत दुवै गरेर ८७ करोड २३ लाख १४ हजार बजेट खर्च गर्न नसकेका हुन् । १० वटै स्थानीय तहमा चालू आर्थिक वर्षमा ५ अर्ब ६९ करोड १६ लाख ८१ हजार बजेट आएको थियो ।

मेलौली नगरपालिकाले चालू र पुँजिगत दुबै गरेर १३ करोड ३२ लाख २६ हजार बजेट खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका प्रमुख मदन मगरातीले जानकारी दिनुभयो । मेलौलीले ६० करोड४० लाख ७८ हजार मध्ये ४७ करोड ८ लाख ५२ हजार बजेट मात्रै खर्च गरेको छ ।

यस्तै सिगास गाउँपालिकाले ५० करोड २० लाख ९३ हजार बजेट मध्ये ८ करोड ७१ लाख ६ हजार खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सिगासले ४१ करोड ४९ लाख ८७ हजार रकम मात्रै खर्च गरेको छ ।

यसैगरी दशरथचन्द नगरपालिकाले ६७ करोड ६४ लाख २६ हजार बजेटमध्ये ५८ करोड ९३ लाख ४ हजार खर्च गरेको छ । दनपाले ८ करोड ७१ लाख २२ हजार रुपैया खर्च गर्न सकेको छैन ।

पाटन नगरपालिकाले ७४ करोड १६ लाख ४१ हजार मध्ये ६१ करोड ५८ लाख ५२ हजार मात्रै खर्च गरेको छ । पाटनले १२ करोड ५७ लाख ८९ हजार खर्च गर्न सकेन ।
पुर्चाैडी नगरपालिकाले ७१ करोड ६३ लाख ९६ हजार बजेटम मध्ये ६२ करोड ८६ लाख ३४ हजार मात्रै खर्च गर्न सकेको छ । पुर्चाैडीले ८ करोड ७७ लाख ६२ हजार खर्च गर्न सकेकाे छैन ।

डिलासैनी गाउँपालिकाले पनि ५२ करोड ३६ लाख १६ हजार बजेटबाट ४४ करोड ४४ लाख १६ हजार मात्रै खर्च गरेको छ । डिलासैनीले ७ करोड ९२ लाख खर्च गर्न सकेन ।

दोगडाकेदार गाउँपालिकाले ५५ करोड ६९ लाख ६० हजार बजेटमध्ये ४७ करोड ९२ लाख ५४ हजार खर्च गरेको छ । दोगडाकेदारले ७ करोड ७७ लाख ६ हजार खर्च गर्न नसकेको हो ।

पञ्चेश्वर गाउँपालिकाको ४७ करोड ३९ लाख ५८ हजार बजेटमध्ये ३९ करोड ३९ लाख २९ हजार खर्च गरेको हो । पञ्चेश्वरले ८ करोड २९ हजार खर्च गर्न नसकेको हो ।

शिवनाथ गाउँपालिकाको ४० करोड ४२ लाख ३२ हजार मध्ये ३४ करोड १८ लाख ६२ हजार खर्च गर्न सकेको हो । शिवनाथले ६ करोड २३ लाख ७० हजार खर्च गर्न सकेन ।

सुर्नया गाउँपालिकाको ४९ करोड २२ लाख ८१ हजार बजेटमध्ये ४४ करोड २ लाख ७७ हजार खर्च भएको छ । सुर्नयाले ५ करोड २० लाख ४ हजार खर्च गर्न सकेन ।

माथि उल्लेखित पूर्ण रकम निकास नभएको र निकासा भएको रकमको तुलनामा केहि रकम खर्च गर्न नसकिएको स्थानीय तहका लेखा शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?