भारतमाथि वेष्टइष्डिजको सानदार जित

Read Time = 3 mins

दिल्ली । वेष्टइष्डिजले दोस्रो ओडिआई खेलमा भारतमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन खेलको ओडिआई सिरिज एक-एक को बराबरी अवस्थामा पुगेको छ । जितको लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको वेष्टइण्डिज ३६.४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य हासिल गर्‍यो । वेष्टइण्डिजको जितमा कप्तान शाई होप ८० बलमा दुई चौका र दुई छक्कासहित ६३ रन जोड्नुभयो । यस्तै केसी कार्टीले ६५ बलमा चार चौकासहित ४८ रन थप्नुभयो ।

ब्रेन्डन किंग र कायल मेयर्सले ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । मेयर्स २८ बलमा चार चौका र दुई छक्कासहित ३६, किंग १५, एलिक आथानाज ६ र शिम्रन हेटमायर नौ रनमा आउट हुनुभयो । भारतका शार्दुल ठाकुरले आठ ओभरमा ४२ रन खर्चेर तीन विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ४०.५ ओभरमा सबै विकेट गुमाएर १८१ रनमा समेटिएको थियो ।

प्रमुख दुई ब्याटरहरु विराट कोहली र रोहित शर्मालाई विश्राम दिइएको खेलमा भारत पराजित भएको हो । भारतका ओपनर ईशान किशन ५५ बलमा ६ चौका र एक छक्कासहित ५५ रनमा आउट हुनुभयो । यस्तै शुभमन गिल ४९ बलमा पाँच चौकासहित ३४ रनमा आउट हुनुभयो ।

त्यसपछि भारतले लगातार विकेट गुमायो । सूर्यकुमार यादव २४, रविन्द्र जडेजा १० र शार्दुल ठाकुर १६ रनमा आउट हुनुभयो । वेष्टइण्डिजको जितमा रोमारियो शेफर्डले आठ ओभरमा एक मेडनसहित ३७ रन खर्चेर तीन विकेट लिनुभयो । गुडाकेश मोतीले ९.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिनुभयो । पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि यी दुई देशबीच पाँच टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिज हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?