‘घाम जस्तो जुन हुँदैन’ नयाँ भर्सनमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमाकुमारी दुराको स्वरमा आएको गीतलाई नयाँ पुस्ताका कलाकारका स्वर र अभिनयमा बिहीबार पुनः सार्वजनिक गरिएको हो ।

पुष्पाञ्जलि म्युजिकबाट सार्वजनिक गीतको नयाँ भर्सनमा स्वर कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीले दिनुभएको छ । गीतसंगीत संयोजन भने पहिलेको गीतकै संगीत संयोजक विनोद बाजुरालीले गर्नुभएको छ ।

गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियानअन्तर्गत निर्माण भएको छ । जसको निर्देशन पत्रकार डिबी खड्काले गर्नुभएको छ । सार्वजनिक भिडियोमा सनम कठायत र सरिता ढुंगानालाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन र कलर संयोजन छ । म्युजिक भिडियोको औपचारिसक सार्वजनिकीकरण भने केही समयअघि नै भएको थियो ।

नेपाली कांग्रेस महामन्त्री गगन थापा र पूर्वपर्यटनमन्त्री प्रेम आलेले पर्यटन बोर्डमा आयोजित ‘दृष्यमा खप्तड’ सार्वजनिक समारोहमा गीतको म्युजिक भिडियो विमोचन गर्नुभएको थियो ।

आफ्नो संगीत करियरको टर्निङ प्वाइन्टका रूपमा रहेको गीतलाई नयाँ पुस्तामाझ पु¥याउन नयाँ भर्सनमा सार्वजनिक गरिएको गीतकार डा शिव सुवेदीले बताउनुभयो । ‘आफूलाई मन परेको सिर्जना नयाँ पुस्ताका दर्शक–श्रोता माझ पु¥याउने धोको थियो, पूरा भएको छ,’ उहाँले भन्नुभयो । लोकसंगीत पारखीले परख गरिसकेको गीतमा आफू जोडिन पाउँदा खुशी लागेको मोडेल सनम कठायतले बताउनुभयो ।

‘ऐतिहासिक गीतलाई सुन्दर प्राकृतिक दृष्य रहेको अध्यात्मिक भूमि खप्तडमा दृष्यांकन गरेका छौं । मेरो जीवनको सुन्दर काममध्ये एउटा हो यो’, कठायतले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?