
लण्डन । युरोपेली दोस्रो श्रेणीको फुटबल प्रतियोगिता युरोपा लिगको समूह चरणको खेलमा इंग्लिस टोली लिभरपुल पराजित भएको छ । समूह ‘इ’ मा रहेको लिभरपुलले फ्रेन्च क्लब टुलुजसँग ३-२ को हार बेहोरेको हो । ३६औँ मिनेटमा टुलुजले एरन डोन्नमको गोलको मद्दतले अग्रता लिएको थियो ।
लिभरपुलका डिफेन्डर कोस्टास सिमिकासको खुट्टाबाट बल खोसेर डोन्नमले गरेको प्रहार अर्का लिभरपुलका डिफेन्डर कवान्साहलाई लागेर पोस्टमा गएको थियो । यस्तै थिज्स डालिंगाले ५७औँ मिनेटमा अग्रता दोब्बर बनाउनुभयो । उहाँले भिन्सेन्ट सिएराको पासमा गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो ।
७६औँ मिनेटमा टुलुजका लागि फ्रैंक माग्रीले गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याउनुभयो । ८९औँ मिनेटमा एलेक्सिस मकाल्लिस्टरको पासमा डिएगो जोटाले गोल गर्दै अर्को गोल फर्काउनुभयो । खेलको अन्तिमतिर जारेल क्वानसाहले गोल गरेर खेल बराबरी गर्नुभएको थियो । तर, गोल गर्ने क्रममा मकाल्लिस्टरले हृयाण्डबल गरेका कारण गोल रद्द भयो र लिभरपुल हार बेहोर्न बाध्य भयो ।
सोही समूहमा लास्कले युनियन सेन्ट जिलोइसमाथि ३-० को जित निकालेको छ । चौथो चरणको खेल सकिँदा लिभरपुल नौ अंकसहित शीर्ष स्थानमा छ । टुलुज सात अंकका साथ दोस्रो रहँदा युनियन सेन्ट जिलोइस चार अंकसहित तेस्रो छ । चौथो स्थानमा रहेको लास्कको तीन अंक छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच