काठमाडौं । जीवन बिमा कम्पनी नेपाल लाइफको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा १०.२५ प्रतिशत वृद्धि भएकोे छ । त्रैमासको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ७९.३३ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षभन्दा २१.८१ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा करिब १६५ अर्ब ५२ करोड रुपैयाँ रहेको ग्रस इन्स्योरेन्स कन्ट्र्याक्ट लाइबलिटिज ५.८६ प्रतिशतले बढेर करिब १७५ अर्ब २१ करोड रुपैयाँ पुगेको कम्पनीद्वारा जारी विवरणमा उल्लेख छ ।
कम्पनीका अनुसार महाविपत्ति कोषमा १०२ करोड रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको तुलनामा १.५७ प्रतिशतले बढी हो । कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ । असोज महिनामा कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रकाशित विवरणअनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उल्लेख्यरूपमा घटेको छ । गत आर्थिक वर्षमा करिब एक अर्ब ३८ करोड भुक्तानी हुन बाँकी दाबीबापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभएको छ ।
कम्पनीले असोजसम्ममा १० अर्ब ९३ करोड कुल बिमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो । त्यस्तै असोजसम्ममा एक अर्ब ५८ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ, जुन समीक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच