
निर्मलकुमार आचार्य
पिठ्युँमा जाने हजुर ?
घोडामा जाने भए भन्नुस् है !
पालकीमा जाने कोही हुनुहुन्छ ?
उत्तराखण्डका चारधाममध्ये यमुनोत्री र केदारनाथ जाने बाटामा वरैदेखि ठाउँठाउँमा गरिने आग्रह हुन् यी । जानकीचट्टीबाट सात किलोमिटर पर तीन हजार २९१ मिटर उचाइमा रहेको यमुनोत्री र गौरीकुण्डबाट २२ किलोमिटर टाढा तीनहजार ५८४ उचाइमा रहेको केदारनाथ पैदल यात्रा गर्न नसक्नेका लागि पिठ्युँ (डोको), घोडा र पालकीको सुविधा रहेको छ । पिठ्युँ (डोको) मा बोकी, घोडामा चढाई अथवा चारै सुरमा एक, एकजना गरी चारजनाले कदम मिलाई मान्छे बोक्ने पालकीको सेवा उपलब्ध गराउनेमा अधिकांश नेपाली दाजुभाइ छन् । गङ्गोत्री आदिमा ‘हिृवलचेयर’ सेवा पनि दिइरहेका छन् । अरूसित हिन्दीमा आहृवान गरिरहेका ती दाजुभाइ जसै नेपाली देख्छन्, नेपाली भाषा प्रयोग गर्न रुचाउँछन् । जतासुकै नेपाली दाजुभाइले यसरी सेवा पु¥याइरहेको देख्दा यहाँबाट जाने तीर्थयात्रु पनि रमाउँछन् ।
‘घर कहाँ पर्यो ?’ नसोध्ने बिरलै हुन्छन् । ‘हजुरहरू कहाँबाट नि ?’ आफ्नो ठाउँ जनाई प्रतिप्रश्न गर्ने पनि कम हुँदैनन् । यो संवादले दुवैथरिलाई अद्भूत राष्ट्रिय आनन्द दिनेभएकाले हुनुपर्छ, आँखामा बेग्लै चमक झल्कँदोरहेछ । महिलालाई उमेर र पुरुषलाई कमाइ नसोध्नू भन्छन् तर कमैले त्यसको पालना गरे । घोडसवारी गराउने, पिठ्युँमा बोक्ने र पालकीवालाको शुल्क सुनेपछि ‘ओहो, राम्रै आमदानी हुनेरहेछ’ नभन्ने बिरलै भेटिए ।
उत्तराखण्ड वा हिमाञ्चल प्रदेशमा मात्र होइन, भारतका अनेक राज्यमा रोजगारीका लागि पुग्ने नेपाली उत्तिकै छन् । के पहाड, के मधेशससबैतिरबाट गुजाराका लागि मुग्लानिनुपर्ने अवस्था जतिसुकै समवेदनशील रहे तापनि यसप्रति चासो राख्नुपर्नेले रत्ती ध्यान दिएको देखिँदैन ।
तिनको आमदानी पछाडिका कथा र व्यथा सुन्ने फुर्सत चाहिँ कसैलाई भएन । घोडाको आहाराबाहेक साहुलाई तिर्नुपर्ने भाडा, पटकैपिच्छे सरकारलाई तिर्नुपर्ने कर कटाएर बाँकी रकम हात पर्ने हो, त्यसमाथि पनि दुष्टको कुदृष्टि पर्दा पराई देशमा निमुखै बन्नुपर्ने नियति नौलो कुरो होइन । तैपनि, तिघ्रा र पाखुरी बलिया हुनेहरूले राम्रै कमाइ गर्छन्, दशैं र तिहारमा घर फर्कंदा बाटामा लुटिएनन् अनि भारतीय सुरक्षाकर्मीबाट समेत खोसिएनन् भने लालाबालाका मुहार हँसिला हुनेहुन् ।
उत्तराखण्डको चारधामका द्वार खुल्नु केही दिनअघिदेखि बन्द नभएसम्मन् छ महिना यमुनोत्री वा केदारनाथमा मान्छे बोकेर यसरी आफ्नो तथा परिवारजनको सुखद् भविष्यको रेखा कोरिरहेका नेपाली दाजुभाइका दारुण-कथा पनि छन् । घोडासहित तल खोंचमा पछारिई अपाङ्ग बनेका वा मृत्युवरण गर्न बाध्य भएकाको कहानी मन्दाकिनीको सुसाइमै बिलाएको छ । आमाबाबुको गाँस, बास र कपासको जोहो गर्न उमेर ढाँटी केदारनाथ पुगेको किशोर पिठ्युँमा मान्छे बोक्दाबोक्दै रगत छादेर बित्ला भन्ने कसले सोचेको थियो र !
‘दशैँ, तिहारमा घर जाने होइन त ?’ सोद्धा सबैका मन फक्रँदैनन् । कमाउन सकेकाहरू मात्र जानेहुन्, खाली हात घर जानुको अर्थ नदेख्नेहरू हिमाञ्चल प्रदेशका सिमला आदि स्थानमा स्याउ टिप्न लरखरिने हुन् । जाजरकोट, रुकुम, डोल्पा, अछाम, कालिकोट, दैलेख, सुर्खेत, सल्यानलगायत पश्चिमी पहाडका युवा तथा प्रौढमात्र होइन, किशोर, किशोरी पनि दौडादौड गरिरहेका छन् । काम नपाउनुको सास्ती र पराई मुुलुकमा खानुपरेका हन्डरले वाक्क युवाका उदासीनता चाहिं भनिसाध्य छैन ।
एकथरि भन्छन्, ‘नेपाल गरिब मुलुक भएकाले काम, दाम दिनसक्दैन, त्यसैले विदेशिनुपरेको छ, हाम्रा बाबु, बाजेले नि यहीँ काम गरेका हुन् ।’ अर्काथरि यस्ता पनि छन्, जो आक्रोशसाथ भन्छन्– ‘नेपालमा भ्रष्टै भ्रष्ट छन् । भ्रष्ट नेता, तिनका परिवार र कार्यकर्ताबाहेक सोझासाझा जनतालाई त्यहाँ केही छैन । बाँच्नै गाह्रो भएकाले यहाँ आएका हौं, दश÷बीस हजार रुपैयाँको मात्रै काम पाइएको भए पनि उतै बस्थ्यौँ नि, यहाँ किन भौंतारिन आउँथ्यौँ ?’
उत्तराखण्ड वा हिमाञ्चल प्रदेशमा मात्र होइन, भारतका अनेक राज्यमा रोजगारीका लागि पुग्ने नेपाली उत्तिकै छन् । के पहाड, के मधेस सबैतिरबाट गुजाराका लागि मुग्लानिनुपर्ने अवस्था जतिसुकै समवेदनशील रहे तापनि यसप्रति चासो राख्नुपर्नेले रत्ती ध्यान दिएको देखिँदैन । अलि अलि हुनेहरू जग्गाजमिन बेचेर युरोप, अमेरिका, अष्टे«लिया, खाडी आदिमा पुगेका छन्, दुमडी ठ्याम्मै नहुनेहरूको भूत, वर्तमान र भविष्य यही भारतमा ‘खिचडी’ बनिरहेको वस्तुस्थिति छ । भारतीय भूमिमा सपनाको बिउ छर्न पुगेका कतिपय युवाले भने झैँ के नेपाल साँच्चै गरिब हो त ? के यही गरिबीले गर्दा नै ती युवा मुग्लानिन विवश भएका हुन् कि अर्काथरिले भने झैँ मुलुकमा व्याप्त भ्रष्टाचारका कारण विदेशिनुपर्ने विडम्बना तेर्सिएको हो ? प्रश्न ज्वलन्त बनेको छ ।
देशै गरिब भएकाले विदेशिन बाध्य हुनुपरेको कुरो सहजपाच्य देखिँदैन । अपार जलस्रोत, आकर्षक पर्यटन र उर्वर कृषि क्षेत्रलाई केवल सम्भावनाको परिदृश्य मान्ने हो भने पनि मुलुक गरिब नरहेको उदाहरण अन्यत्रका नागरिकले यहाँ कुम्ल्याउने गरेको रकमलाई मान्नसकिन्छ । विकसित तथा विकासोन्मुख अनेक देशका नागरिकले यहाँ कमाएर रकम पठाउने गरेका छन् । छिमेकी भारतको सन्दर्भ त झनै आश्चर्यजनक छ । भारतीय नागरिकले नेपालमा कमाएर उता पठाउने रकम ज्यादै बढी छ । भारतका लागि विप्रेषण पठाउने देशमा नेपालको स्थान आठौं रहनुले बुझ्न चाहनेलाई धेरै सन्देश दिएको छ ।
यमुनोत्री होस् वा केदारनाथ जतासुकै मान्छे बोकिरहेका मान्छेमा धेरैजसो ‘हाम्रै मान्छे’ भेटिन्छन् । तिनलाई देखेर ‘आहा नेपाली दाजुभाइ !’ भनी क्षणिक हार्दिकता प्रकट गर्नु बेग्लै कुरो, अन्यथा ओठेमायाले केही लछारपाटो लगाउँदैन ।
यसो त खुला सिमाना, अनौपचारिक कारोबार आदिका कारण नेपाल तथा भारतबीच एक, आपसमा भित्रिने विप्रेषणको एकिन तथ्यांक प्राप्त हुन नसक्ने बताइन्छ तर जे जस्ता तथ्यांक सार्वजनिक भइरहेका छन्, तिनले वस्तुस्थिति दर्शाउन मद्दत गरिरहेका छन् । यसबाट पनि नेपाल गरिब नरहेको खुलस्त हुन्छ । गरिबीले होइन, मुलुकमा व्याप्त भ्रष्टाचारले आम नेपालीका छोराछोरी विदेशिन बाध्य भइरहेको विषय गुरुगम्भीर छ । सत्ताधारी दलले भ्रष्टाचार मौलाउँदै गएको कहिल्यै नस्विकारे तापनि वस्तुतः हरेक फाँटमा भ्रष्टाचारको गजगज रहेको कसैसामु लुकेको छैन ।
।
भ्रष्टाचारविरुद्ध सक्रिय अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’ लगायत कैयन् संस्थाद्वारा वर्षेनी प्रकाशित गरिने भ्रष्टाचारसम्बन्धी प्रतिवेदनले नेपालको मुहार झन्झन् मैलिँदै गएको देखाए तापनि यसप्रति कसैले चासो दिएको पाइँदैन । चासो नै नराखिएको अवस्थामा यसविरुद्ध सक्रियता खरायोको सिङ्सरह हुनु स्वाभाविक हो ।
पटक–पटक राजनीतिक व्यवस्था फेरिए पनि अवस्था परिवर्तन भएको छैन । लाउडा काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, बालुवाटार जग्गा काण्ड, सुन काण्ड, यती काण्ड, सुडान प्रकरण, ओम्नी प्रकरण, औषधी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, वाइडबडी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचारका कैयन् काण्ड रहेका छन् । यसबाहेक अड्डा, अदालत, स्थानीय तह आदिमा निर्बाध रूपमा चल्दै आएका भ्रष्टाचारका जुकाले नचुसिने सायदै कोही होलान् !
भ्रष्टाचारको मुहान राजनीतिक क्षेत्र रहेकामा दुईमत छैन । दलका कैयन् नेता, कार्यकर्तामाथि विभिन्नखाले भ्रष्टाचारका आरोप लागे तापनि कैयन् नेता, कार्यकर्तालाई साँच्चै कारबाही हुनेमा धेरैलाई आशंका छ । कहलिएका कैयन् काण्ड ‘तैँ चुप, मैँ चुप’ का कारण अनुद्घाटित रहिरहने सम्भावना पनि उस्तै छ । यस्तो विषम स्थितिमा मुलुकभित्र रोजगारी सिर्जना नहुनु, यदाकदा भइहाले पनि नेतृत्वका आसेपासेबाहेक अरूले चियाउनै नसक्ने हुनु असामान्य कुरो होइन ।
यमुनोत्री होस् वा केदारनाथ जतासुकै मान्छे बोकिरहेका मान्छेमा धेरैजसो ‘हाम्रै मान्छे’ भेटिन्छन् । तिनलाई देखेर ‘आहा नेपाली दाजुभाइ !’ भनी क्षणिक हार्दिकता प्रकट गर्नु बेग्लै कुरो, अन्यथा ओठेमायाले केही लछारपाटो लगाउँदैन । धन्न, त्यत्ति भनेकै भरमा पनि प्रफुल्ल भइदिने तिनको हृदय साँच्चै महान् छ, नत्र एक नेपाली घुमफिर गर्न त्यहाँ पुग्नसक्ने र अर्को नेपाली चाहिँ मान्छे बोकेर पेटपालो गर्नुपर्ने कारुण स्थिति मर्मान्तक छ । बोकिनेको थाहा भएन तर बोक्नेको मनमा कतै न कतै अप्ठेरो परेकै हुनुपर्छ । मुलुकमा कस्तो प्रकारको समानुपातिक विकासमा जोड दिइएको रहेछ भन्ने यथार्थ यसले राम्ररी उजागर गरेको छ ।
केदारनाथमा केवलकार चल्ने चर्चा चल्नासाथ हाम्रा नेपाली दाजुभाइको मन चिसो हुनेगर्छ, छ महिने भए पनि राम्रै रोजगारी दिइरहेको ‘केदारनाथ’ ले कतै विमुख पार्ने त होइनन् ? चिन्ता अनुचित छैन । पहिलो चरणमा सोनप्रयागबाट गौरीकुण्ड र अर्को चरणमा गौरीकुण्डबाट केदारनाथसम्म केवलकार चल्ने समाचारले यात्रुगणलाई प्रसन्नता दिए तापनि त्यहाँ दुई लाख जत्तिको मुखका माड खोसिने पिरलो चर्को छ । बढी पिरोलिनेमा नेपाली दाजुभाइ पनि छन् । आउँदो दुई÷अढाइ वर्षभित्र यो केवलकार सञ्चालनमा ल्याउने तम्तयारी रहेको छ ।
‘पीर मान्नुपर्दैन, अब घर चलाउन विदेसिन पर्ने छैन, हामी छौँ, यहीँ रोजगारी दिन्छौँ’ भन्दै छिट्टै कुनै नेता टुप्लुक्किएनन् भने फेरि तिनले भारतकै अर्को ठाउँमा भाग्य अजमाउन भौँतारिनुपर्नेछ । अनि, तिनका सन्तानले पनि त्यही बाटो पछ्याइरहनेछन् !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच