
काठमाडौं । १५औं संस्करणको डि सिने अवार्डका लागि चलचित्र दर्ता आहृवान गरिएको छ । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रमा आधारित रहेर यो अवार्ड हुँदै आएको छ । २०७९ सालमा सार्वजनिक भएका चलचित्रहरू १५औं संस्करणमा भाग लिन पाउनेछन् । आगमी १५ पुष २०८० सम्म चलचित्रको दर्ता गर्न पाइने आयोजक संस्था छायाँछवि क्रियसनले जनाएको छ ।
डिजिटल चलचित्रका माध्यमबाट निर्माण गरिएका चलचित्र, चलचित्रकर्मी, स्रष्टा, सर्जक, प्राविधिक सम्पूर्णलाई प्रोत्साहितगरी गुणस्तरयुक्त चलचित्र निर्माण हेतु अवार्ड आयोजना हुँदै आइरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताउनुभएको छ । मूलतः नेपाली चलचित्र उद्योगको अवार्ड आयोजना प्रारम्भ गरी प्राविधिक माध्यमले चलचित्रको गुणस्तर वृद्धि तथा सिर्जनकर्मी पौरखी हातहरूलाई प्रोत्साहन-सम्मान–पुरस्कृत गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा अवार्ड आयोजना हुँदै आइरहेको र १५औं संस्करण पनि यसैको सिलसिला भएको अध्यक्ष शान्तिप्रियको भनाइ छ । अवार्ड आगामी माघमा आयोजना गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच