
काठमाडौं । विवादास्पद अभिव्यक्तिका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको चौतर्फी आलोचना भईरहेको छ ।
मन्त्री किराँतीले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका कारण उहाँको आलोचना भएको हो ।
बुधबार राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताउनु भएको थियो । उहाँले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि यतिबेला सामाजिक सञ्जालमा उहाँको चौतर्फी आलोचना भईरहेको छ ।
मन्त्री किराँतीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले थुन्नै पर्ने देशद्रोही (अरू धर्म मान्ने) को संख्या करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दै उनीहरुलाई थुन्न कत्रो जेल बनाउँला त ? भन्ने व्यङ्ग्यात्मक जिज्ञासा राख्नुभएको छ । साथै उहाँले किराँतीको अभिव्यक्तिलाई लिएर माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भएको उल्लेख गर्नुभएको छ ।
त्यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले उहाँलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएपछि थापाले बर्खास्तीको माग गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ( ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।
थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानून अनुसार कारबाही गर्न पनि माग गर्नुभएको छ ।
बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले राज्यका आँखामा सबै धर्म बराबरी भएको बताउँदै आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेको बताउनु भएको थियो। उहाँले भन्नुभएको थियो, 'क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो ।’
मन्त्री किराँतीको यो अभिव्यक्ति अहिले निकै विवादित बनिरहेको छ ।
क्रिश्चियन मान्दिनँ भन्नेहरू देशद्रोही हुन् : सुदन किराँती (भिडियाे)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच