
काठमाडौं । संस्मरण कृति ‘लाहुरे’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति ‘लाहुरे’को लोकार्पण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती उक्त कृतिको लोकार्पण गर्नुभएको थयो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा अधिववक्ता जीवनकुमार राईद्वारा सम्पादित लाहुरे कृतिको समीक्षा वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र केसीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री किरातीले मानव जीवनको तीन आविष्कार आगो, खेती र अक्षर भएको र विश्वमा वर्षमा ४० लाख विभिन्न पुस्तक छापिने गरेको भन्ने तथ्यांक पाइएको सन्दर्भमा लेखक राईको यो पुस्तकले पनि महत्व राख्छ भन्ने बताउनुभयो ।
कृतिका समीक्षक प्रा.डा.केसीले तत्कालीन ब्रिटिश सरकारबाट सुरु भएको लाहुरे संस्कृति हालसम्म कायम रहेको छ भन्दै हाल रसिया र युक्रेनमा सेनामा पुग्ने नेपालीहरूको दृष्टान्त दिँदै नेपाली-नेपालीबीच नै लडाइँ गराइरहेको बताउनुभयो ।
पुस्तकका सम्पादक जीवनकुमार राईले ब्रिटिश सरकारले गोर्खाली सेनालाई पहिलो र दोस्रो विश्वयुद्धमा भरपुर प्रयोग गरेको बताउँदै गोर्खाली सेनाकै कारण ब्रिटिश र नेपालको बीच मैत्रीपूर्ण सम्बन्ध रहेको र गोर्खाली सेनाले नै विश्वमा नेपालको पहिचान गरेको जिकिर गर्नुभयो ।
लेखकीय मन्तव्य राख्दै क्याप्टेन नारायणप्रसाद राईले आफूले पढेरभन्दा पनि परेर जानेको यथार्थ बताउँदै जीवनमा भोगेका कुरालाई स्पष्ट राखेको सुनाउनुभयो ।
सभापतिको आसनबाट संघका अध्यक्ष राधेश्याम लेकालीले ब्रिटिश सरकारले गोर्खाली सेनामा नयाँ भर्नामा समानता देखाए पनि पुरानोलाई भेदभाव पूर्ण व्यवहार गरेको बताउनुभयो । कार्यक्रममा संघकी सदस्य समालोचक डा.शान्ति माया गिरीले लेखकको संक्षिप्त परिचय दिँदै स्वागत मन्तव्य राख्नुभएको थियो । यस्तै, लेखकका मित्र मेजर भुवनसिंह लिम्बूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा क्याप्टेन नारायणप्रसाद राई र पुस्तकका सम्पादक जीवनकुमार राईलाई सम्मान पनि गरिएको थियो भने अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच