
मान्छौँ मेलमिलापको दिवस ता हाँस्दैन आचारमा ।
चोखा उज्ज्वल दर्शनै मरिसके के नाच्छ लाचारमा ??
आआफ्नै गुुट-कोटरी ‘गज’ भनी खुुम्च्यौँ सबै खोरमा ।
यै बेमेल विवादका ‘भुजग’-ले हामी पर्यौँ भोरमा ।।
१
हाम्रा साहस मूूर्ति चिन्तन-प्रभा मर्मज्ञ गीताम्बर ।
ब्रहृमाविष्णुु महेश्वरादि गणका भास्यौँ त्यसै अब्बर ।।
अग्लो हैम शिला त पग्लन गयो आचार उल्टो हुँदा ।
सत्ता च्वाट्ट अचार मासुु रमझैँ पारेर बोल्यौँ अहा !!
२
योद्धाका बलिदान मान नगरी नाता र पैसातिर ।
लच्क्यो चिन्तनको बलो घर ढल्यो आँखा छ पैसातिर ।।
आगो लागिसक्यो इनार अहिले खन्दा कहाँ हुन्छ र ?
चोखो मेलमिलापको रस सुुके आराम के फुल्छ र ??
३
कोही छौ त सपूूत ओर्ल अहिल्यै आमा रुँदै छिन् यहाँ ।
सत्ता मोजकरी र भोज हरिले बिर्ता बनाए जहाँ ।।
साँच्चै मेलमिलाप भाष्य अहिले उल्टो घुुमाई चले ।
‘तन्त्रै’ छिन्न गई ‘प्रजाजन’ भयौँ पुुत्लाहरूले छले ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच