रश्मिकाले किन तोडिन् इन्गेजमेन्ट ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गत डिसेम्बर १ बाट प्रदर्शनमा आएको ‘एनिमल’की नायिक रश्मिका मन्दन्ना व्यक्तिगत कारणले चर्चामा हुनुहुन्छ । उहाँलाई अब अरू कसैको परिचय चाहिँदैन। मन्दन्नाले सानै उमेरमा ठूलो सफलता हासिल गर्नुभएको छ । यति मात्रै पहिचान होइन् आफ्नो मेहनत र क्षमताको बलमा सबै कुरा उहाँले हासिल गरिसक्नु भएको छ ।

रश्मिकाले फिल्म ‘किरिक पार्टी’ बाट साउथ इन्डस्ट्रीमा डेब्यु गर्नुभएको थियो । जुन उहाँको करियर सुरु गर्ने उत्कृष्ट फिल्म साबित भयो । नायिका सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ । तर उहाँको निजि जिवनका केही पुराना कथाहरु हेर्दा २०१७ मा नै इन्गेजमेन्ट गर्नुभएको थियो, जसको बारेमा धेरै कमलाई थाहा छ ।

भारतीय मिडियाका अनुसार रश्मिका मन्डन्ना अभिनेता रक्षित शेट्टीसँग गम्भीर सम्बन्धमा हुनुहुन्थ्यो। रश्मिकाले रक्षित शेट्टीसँगको फिल्म किरिक पार्टीबाट आफ्नो करियरको राम्रो सुरुवात गर्नुभएको थियो । यो अवधिमा दुवै एकअर्काको निकै नजिक आएको बताइएको छ । त्यसपछि यो सुन्दर जोडीले सन् २०१७ मा इन्गेजमेन्ट गर्नु भयो । तर, भाग्यले उनीहरुको सम्बन्धलाई स्वीकार गरेन । करिब १४ महिनाको इन्गेजमेन्टपछि रश्मिका र रक्षित अलग हुनुभएको थियो । रश्मिका र रक्षित शेट्टीको इन्गेजमेन्ट किन टुट्यो भन्ने बारेमा दुवैले खुलेर बालेको देखिएको छैन् ।

केही मिडिया रिपोर्टका अनुसार यी दुई स्टारबीच कुनै तालमेल थिएन । यसबाहेक केही रिपोर्टमा उनीहरुको इन्गेजमेन्ट तोड्नुको कारण उनीहरुको परिवार रहेको पनि बताइएको छ । यद्यपि रश्मिका र रक्षितले इन्गेजमेन्ट टुटेको बारेमा केही बोल्नु भएको छैन। र सत्य जे होस्, उहाँले मात्र बताउन सक्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?