
काठमाडौं । कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई व्यथित काव्य सम्मान अर्पण गरिएको छ । सोमबार काठमाडौंमा एक विशेष सामारोहबीच साहित्यिक पत्रकार संघले उहाँहरूलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाले उहाँहरूलाई खादा, माला, भादगाउँले टोपी र सम्मान प्रदानपत्र हस्तान्तरण गर्नुभएको थियो । साथै प्रमुख अतिथि काइँलाले अमेरिकाबाट आउनुभएका कवि शेखर ढुंगेललाई खदा लगाएर स्वागत सम्मान गर्नुभएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित कार्यक्रममा सम्मानित कविहरूको परिचय कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्राडा.लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँला, अध्यक्ष लेकाली, सम्मानित कविहरू मुकारुङ, क्षेत्री र कार्कीले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
संघका सदस्य चर्चित निबन्धकार युवराज नयाँघरेले अतिथिहरूलाई खादा लगाएर सम्मान गर्नुभएको थियो भने संघका कार्यसमिति सदस्य डा.दामोदर पुडासैनीले स्वागत मन्तव्य राख्नुभएको थियो । कवि एवं पत्रकार ठाकुर बेलबासेले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठसहित साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच