
काठमाडौं । चोर, डाँका वा लुटेराले प्रायः के के चोर्छ ? नगद पैसा, सुनचाँदी, बहुमूल्य वस्तु यस्तै केही । पछिल्लो समय मोटरसाइकल, स्कुटर लगायतका सवारीसाधन पनि चोरी हुने क्रम बढ्दो छ । अनि फिरौती लिन अपराधीहरूले मान्छे अपहरण गरेका घटना पनि बेलाबेलामा सुनिन्छन् । तर, संघीय राजधानी काठमाडौंमै अस्पतालबाट बच्चा चोरी भएको घटना सार्वजनिक भएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउण्डभित्रबाट बच्चा चोरी भएको हो । उपचारको फलोअपका लागि अस्पताल ल्याइएको २६ दिनको बच्चा शुक्रबार बिहान ११ बजेतिर अस्पतालबाटै चोरी भएको हो ।
प्रहरीले चोर्ने व्यक्तिलाई पक्राउ गरेको छ भने बच्चाको सकुशल उद्धार गरिसकेको छ । अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला पारेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रहरीले शुक्रबार राति नै सम्बन्धित परिवारलाई बच्चा जिम्मा लगाइसकेको छ ।
प्रहरीका अनुसार बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पाठेघरबाट रक्तश्राव भएपछि अहिले अस्पताल भर्ना गरिएको छ । उनीसँगै प्रहरीले उनका श्रीमान् र दिदीलाई पनि नियन्त्रणमा लिएको छ । सिंहसँगै श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल, दिदी शारदा शाहीलाई पनि पक्राउ गरेको हो । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । उनीहरूको बिहे भएको तीन वर्ष भएको प्रहरीले जनाएको छ । यसअघि बच्चा चोरी भएको उजुरी प्रहरीकोमा पुगेपछि सिसिटिभी फुटेज हेरेर अनुसन्धान थालिएको थियो । त्यसैका आधारमा प्रहरी चोरसम्म पुगेको हो ।
सन्तानको रहर पूरा गर्न शिशु चोरी
अस्पतालको कम्पाउण्ड भित्रबाट शिशु लैजाने महिला दुई दिनदेखि अस्पताल धाइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यद्यपि, बच्चा चोर्ने नै नियतले अस्पताल गएको नदेखिने प्रहरी अधिकारी बताउँछन् । उनी चेकअपकै लागि अस्पताल पुगेकी थिइन् । आरोपित महिला आफैँ सुत्केरी जस्तै अवस्थामा रहेको प्रहरी अधिकारीहरू बताउँछन् । रक्तश्राव पनि भइरहेकाले उनको बच्चा खेर गएको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि पनि मनीषाको दुई तीनपटक बच्चा खेर गएको अनुसन्धानबाट खुलेको छ ।
आफ्नो बच्चा नभएका कारण सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चारेकी हुन् । अस्पतालबाट शिशु चोरीमा संलग्न महिलाको विवाह गरेको तीन वर्ष भए पनि सन्तान नभएको प्रहरीले जनाएको छ ।
यसरी शिशु चोर्न सफल भएकी थिइन् मनकुमारी
काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-३ माझीफेदाकी २२ वर्षीया सविना श्रेष्ठ शुक्रबार बिहान ११ बजेतिर जेठानीको साथमा ओपीडी चेकजाँचका लागि काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पताल पुग्नुभएको थियो । छोरीको एक्सरे गराएर उहाँ अस्पताल बाहिर घाममा तापिरहेका बेला अपरिचित महिला आएर भनिन्, ‘एकैछिन बच्चा दिनु न । बच्चा देखायो भने रिपोर्ट दिन्छ । म रिपोर्ट लिएर आउँछु ।’
त्यो बेला सविनाकी जेठानी अस्मिता श्रेष्ठ रिपोर्ट लिन अस्पतालभित्र जानुभएको थियो । रिपोर्टका लागि एकैछिन शिशु मागेकी ती महिला त्यहीँबाट गायब भइन् । त्यसपछि शिशुका बुबा पुजन श्रेष्ठले प्रहरीमा उजुरी दिनुभएको थियो । निवेदनपछि प्रहरीले सीसीटीभी फुटेज झिकाएर खोजी सुरु गरेको थियो । खोज्ने क्रममा प्रहरीले सीसीटीभीमा देखिएकी महिलाको पिछा गरेको थियो । प्रहरी डेरामा पुग्दा मनकुमारी हालसालैको सुत्केरीजस्तो अवस्था बनाएर बसेकी थिइन् । यो कार्यमा उनलाई श्रीमान् र दिदीले समेत सघाएका थिए । उनीहरूले बच्चालाई आफैंले जन्म दिएको दाबी गरेका थिए । सीसीटीभीमा मनकुमारीलाई चिनिसकेको प्रहरीले त्यसपछि उनीसहित श्रीमान् र दिदीलाई पनि नियन्त्रण गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच