
काठमाडौं । राष्ट्रकवि माधव घिमिरेकी कान्छी छोरी ज्योति पौडेल र कान्छा छोरा राजीव घिमिरेको कविताकृति लोकार्पण गरिएको छ । आवरण प्रकाशनले बजारमा ल्याएको कवि ज्योति पौडेलको ‘पेनड्राइभ’ र राजीव घिमिरेको ‘मेराकी’ एक समारोहबीच प्रमुख अतिथि प्रा.डा.कृष्णहरि बराल, राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेलगायतले लोकार्पण गर्नुभएको हो ।
प्रमुख अतिथि डा.बरालले ‘पेनड्राइभ’ले लयात्मक, ध्वन्यात्मक, व्यंग्यात्मक र प्रतीकात्मक अभिव्यक्तिबाट काव्यको ज्योति छर्न सकेको बताउनुभयो । नियात्राकार प्रतीक ढकालले ‘मेराकी’को चर्चा गर्दै कविमा विषयवस्तुलाई हेर्ने दृष्टिकोण अनौठो रहेको बताउनुभयो ।
कृतिकार पौडेलले कोरोना र अन्य समयमा समसामयिक विषयमा आफूले गीत र कविता कोरेको सुनाउनुभयो । घिमिरेले भने आफूले धेरै सोचेर र शब्द शब्द तौलेर कविता लेख्न प्रयास गरेको जिकिर गर्नुभयो । कार्यक्रममा सहित्यकार हेम भण्डारीले ‘पेनड्राइभ’ र ‘मेराकी’का विषयमा चर्चा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच