पानी जीवनका लागि नभइनहुने एक महत्वपूर्ण तरल पदार्थ हो । जसरी पृथ्वीको ७० प्रतिशत भन्दा बढी भूभाग पानीले ओगटेको छ, त्यसरी नै मानिसको शरीरमा पनि ७० प्रतिशत भन्दा बढी पानी रहेको अुनमान छ । कुनै पनि मानिस स्वस्थ्य रहनका लागि एक व्यक्तिले दिनमा दुईदेखि तीन लिटरसम्म सफा पानी पिउनुपर्छ भन्ने कुरा सम्बन्धित क्षेत्रका विज्ञहको रहेको छ । यसर्थ जीवनको हरेक पक्षमा आवश्यक पर्ने स्वच्छ तथा सक्षम जनशक्तिको विकास र अन्ततः गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने न्यूनतम आधारभूत आवश्यकताका रूपमा रहेको खानेपानी क्षेत्रको विकासका लागि विगत योजनाहदेखि नै प्राथमिकताको आधारमा कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् ।
मूलतः पानीको महत्वलाई बुझेर २१औं शताप्दीमा झन् बढी जनसंख्यालाई आवश्यक पर्ने टड्कारो रूपमा देखिन्छ । समयको फेरबदलसँगै आजको समाजलाई नभई नहुने स्वच्छ पानीको महत्वका बारेमा सचेतना फलाउँदै यसको दिगो व्यवस्थापकका लागि वकालत गर्नु र यसको चुनौती तथा फाइदाहका बारेमा सचेतना फैलाउने उद्देश्य रहेको बताइएको छ । स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले पनि सिफारिश गरेको थियो ।
आजको बढ्दो शहरीकरणको समयमा काठमाडौं उपत्यकामा खानेपानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी नेपाल खानेपानी संस्थानले दिएको छ । संस्थानको तथ्यांकअनुसार, ५० प्रतिशतभन्दा बढी पानीको स्रोत भूमिगत छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबवेलको स्रोत पनि भूमिगत पानी नै हो ।
विश्वको कूल भागमध्ये १३ करोड ४ लाख ४० हजार वर्गमाइल पानीले ओगटेको अनुमान छ । यसरी विभिन्न देशमा खानेपानीको समस्या आ–आफ्नै किसिमले चर्कँदै गइरहेको छ । विश्वका प्रमुख शहरह र केही औद्योगिक राष्ट्रहको कहालीलाग्दो जनसंख्याको चाप र बढ्दा रूपमा रहेको सहरीकरणले गर्दा सम्पूर्ण मानव समुदायहलाई एकातिर फोहोरमैलाको सामना गर्नुपर्ने टड्कारो स्थिति विद्यमान छ भने अर्कोतिर पानी आपूर्तिको माग बढिरहेको छ । जसमा मानव तथा सम्पूर्ण चराचरलाई नभइनहुने जल नै हो । त्यस्तैगरी सन् २०२२ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपलब्ध गर्नुपर्ने स्थिति सम्बन्धित विशेषज्ञहको छ ।
यसै क्रममा वासिंटनस्थित प्राकृतिक स्रोत सञ्चयसम्बन्धी अनुसन्धान निकाय औडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिएमा विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । नेपाल पनि अपार जलस्रोतको भण्डारले भरी भराउ भए तापनि कृषि विकासलगायत पिउने पानीको समेत अभाव दिनप्रतिदिन बढ्दै छ । देशमा बग्ने ६ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष २७० अर्ब क्युमि पानी विदेशतिर बगेर जाने गरेको छ ।
यसले यहाँका जनतालाई दैनिक पिउने पानीदेखि ६०–८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सकिएको छैन । अतः देशमा विद्यमान साधन र स्रोतलाई सही रूपमा परिचालन तथा सवद्र्धन गर्न सकेमा सबै पानीका उपभोक्तहको मागमा सुघार हुने आशा राख्न सकिन्छ । हाल खानेपानीको समुचित वितरण अभाव र बढ्दो जनसंख्या र शहरीकरणको कारणले गर्दा जलको आपूर्तिमा समस्या झेल्नु परिरहेको सर्वविदितै छ ।
आजको बढ्दो शहरीकरणको समयमा काठमाडौं उपत्यकामा खानेपानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी नेपाल खानेपानी संस्थानले दिएको छ । संस्थानको तथ्यांक अनुसार, ५० प्रतिशत भन्दा बढी पानीको स्रोत भूमिगत छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबवेलको स्रोत पनि भूमिगत पानी नै हो । भूमिगत पानी सुकेमा उपत्यकामा खानेपानीको ठूलो समस्या हुने निश्चित छ । फलतः जाइकाले राखेको तथ्यांकअनुसार प्रत्येक वर्ष दुई दशमलव पाँच मिटर जमिनमुनिको पानी घट्दै गएको छ ।
बढ्दो जनभारले गर्दा हराभरा भएका वनजंगलको नास एकातिर हुँदै छ भने अर्कोतिर कृषियोग्य भूमिको ह्रास बढ्दै छ । यसर्थ विकसित देशहमा पनि पानीको दुरुपयोग एवं पाइपलाइनमा चुहावट नभएको होइन जुन लगभग २० प्रतिशतदेखि ३० प्रतिशतसम्म भएको पाइन्छ ।
अर्को एक सरकारी तथ्यांक अनुसार, जमिनमुनिको पानी नौदेखि ६८ मिटर तल झरेको छ । काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ । यही हिसाबमा घर बनिरहेमा आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाक्नेछ । केन्द्रीय तथ्यांक विभागका अनुसार, काठमाडौं जिल्लाको क्षेत्रफल तीन सय ९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) छ ।
राजधानीको मुख्य शहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक खानेपानीको माग ३५ करोड लिटर आवश्यकता छ । यसरी प्रत्येक वर्ष मागमा दश प्रतिशतका हिसाबले वृद्धि हुने कुरा उपत्यका खानेपानी लिमिटेडको छ । यहाँ वर्षायाममा १५ करोड लिटर भए तापनि ११ करोड लिटरमात्र पानी आपूर्ति भएको कुरासम्बन्धी क्षेत्रको दाबी रहेको पाइन्छ । यसरी उपलब्ध गरिएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ । जसमा लगभग चालीस प्रतिशत चुहावटबाटै खेर गई सवा दुई करोड लिटर जतिमात्र पर्न आउँछ ।
काठमाडौंमा रहेका रिजर्भभ्वायरहको क्षमता सबैभन्दा बढी चाबहिल रिजर्भभ्वायरहको क्षमता ८५ लाख लिटर, बालाजु ३६ लाख लिटर, बाँसबारी २० लाख लिटर, सुन्दरीघाट ८ लाख लिटर रहेको छ । काठमाडौंमा प्रत्येक वर्ष ४/५ हजार नयाँ धाराह थपिने गरेका छन् । यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाहको प्रतिक्षामा नै लालयित रहेका छन् ।
समग्रमा भन्नुपर्दा पानी एक प्राकृतिक स्रोत हो, जुन हाम्रो देशमा प्रशस्त छ । हाम्रो देश विश्वमा जलस्रोतमा धनी देश पनि हो । १५औं पञ्चवर्षीय योजनाको आधारपत्रले आर्थिक वर्ष २०७४/०७५ सम्ममा आधारभूत खनेपानी ८८ प्रतिशतलाई र उच्च गुणस्तरको खानेपानी केवल २० प्रतिशत जनसंख्यालाई मात्र पुगेको देखाएको छ । जसरी आधारपत्रले विद्युतमा पहुँच प्राप्त परिवार ९०.७ प्रतिशत पुगेको र कृषियोग्य भूमिको केवल ५४ प्रतिशत जमिनमात्र सिँचाइ भएको दृश्य पनि प्रकाश गरेको छ । यसको साथसाथै खाद्यान्नसम्बन्धी हकजस्तै पिउने पानीपनि नागरिकको मौलिक हक हो । उच्च गुणस्तरको पानी पिउने केवल २० प्रतिशत जनता मात्र छन् ।
यसमा पनि गुणस्तरीय पानी पिउने जनसंख्या सय प्रतिशतमा पुर्याउने लक्ष्य चुनौतीपूर्ण छ । यसको साथसाथै बढ्दो जनभारले गर्दा हराभरा भएका वनजंगलहको नास एकातिर हुँदै छ भने अर्कोतिर कृषियोग्य भूमिको ह्रास बढ्दै छ । यसर्थ विकसित देशहमा पनि पानीको दुरुपयोग एवं पाइपलाइनमा चुहावट नभएको होइन जुन लगभग २० प्रतिशतदेखि ३० प्रतिशतसम्म भएको पाइन्छ । तर, नेपालमा यस किसिमको चुहावट ४० प्रतिशत हुने अनुमान छ । अपितु बदलिँदो आजको युगमा ४० देखि ६० प्रतिशतसम्म खानेपानी चुहावट र दुरुपयोग भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
यी समस्याहको समाधानको लागि वैकल्पिक उपायह अपनाउनुपर्ने हुन्छ । विश्व जनसंख्या ७ अर्ब ७६ करोड जनसंख्यालाई दैनिक २५ लिटर प्रतिव्यक्ति प्रतिदिनको हिसाब गर्दा एक खर्ब ९४ अर्ब लिटर दैनिक पानी आपूर्ति गर्नुपर्ने अनुमान गर्न सकिन्छ । त्यसैगरी हाम्रो देशको हालको कूल जनसंख्यालाई हेर्ने हो भने झण्डै ३ करोड जनसंख्यालाई प्रतिव्यक्ति २५ लिटर पानीको हिसाब गर्दा दैनिक ७४ करोड २५ लाख लिटर पानी आवश्यक पर्ने अनुमान गर्न सकिन्छ । त्यस्तैगरी काठमाडौंमा प्रत्येक वर्ष बर्सातमा तीन खर्ब ५० अर्ब लिटर पानी बाग्मती नदीमा बगेर खेर गइरहेको सरकारी तथ्यांकमा देखाइएको छ ।
त्यसलाई २५ प्रतिशतमात्र बचत गर्न सकेमा पनि हालको काठमाडौं दैनिक २२ करोड लिटरले एक वर्षभन्दा बढी समय पुग्न सक्ने अनुमान सम्बन्धित क्षेत्रका विशेषज्ञहको रहेको छ । यदि दैनिक २२ करोड लिटर पानीको हिसाबले काठमाडौं उपत्यकाको ५० लाख जनसंख्यालाई बाड्ने हो भने पनि प्रतिव्यक्ति प्रतिदिन ४४ लिटर पानी भागमा पर्न आउँछ । यसबाट के कुराको पुष्टि हुन्छ भने वर्षातको पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा हाम्रो दैनिक पानीको मागको आपूर्तिमा निकै ठूलो सहयोग मिल्दछ ।
यसको लागि सम्बन्धित निकायहले बेलैमा विचार पुर्याएर कार्य गरेको खण्डमा अवश्य पनि उपत्यकावासीहको पानीको समस्याबाट मुक्त हुने कुरामा कसैको पनि दुईमत नहोला । यसलाई मध्यनजर राखेर सम्बन्धित निकायहले बेलैमा ठोस कदम चाल्नु ढिला भइसकेको छ । अतः बेलैमा सचेत भई यसको स्रोत संरक्षण र सवद्र्धनमा उचित ध्यान पुर्याउन सकेको खण्डमा भोलिका आमजनतालाई स्वच्छ, स्वस्थ र पर्याप्त खानेपानीको आपूर्ति हुने कुरामा आशा राख्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच