
काठमाडौं । मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको हो । प्रतियोगिताका लागि इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ । मिस नेपाल २०२४ को ग्राण्ड फिनाले साउन १९ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।
प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा भाग लिन आवेदनको कुनै पनि शुल्क नलाग्ने द हिडन ट्रेजरले बताएको छ । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेता मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल हुने द हिडन ट्रेजरले जनाएको छ ।
मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरूको खोजी बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंलगायत विभिन्न शहरमा हुने जनाइएको छ । फाइनल अडिसन मे १८, २०२४ मा काठमाडौंमा हुनेछ । जसबाट छानिएका प्रतियोगीले ग्राण्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच