
आज अंग्रेजी पात्रोको अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ तारीख । आज विश्वका विभिन्न देशहरूमा यस दिनलाई मूर्ख दिवसको रूपमा मनाउने गरिन्छ । मानिसले मानिसलाई मूर्ख बनाउने, झुक्याउने दिनको रूपमा परिचत अप्रिल फष्र्ट मनाउने तरिका भिन्न भिन्न देशमा भिन्न तरिका छन् ।
नेपालमा यसले त्यति धेरै अपनत्व जमाई नसकेको भए पनि जति ‘भेलेन्टाइन डे’ को प्रभाव बढेको छ । नेपालमा गलत जानकारी दिएर साथीभाइलाई झुक्याउने दुःखदिने प्रचलन भने बढ्दै भएको छ । आजको दिन जोक भन्ने साथी, परिवार सदस्य, शिक्षक, छिमेकी र अफिसका स्टाफहरूलाई झुक्याउने चलन छ । खासगरी युवाहरूमा अफ्रिल फूलको प्रभाव रहेको देखिन्छ । आज खाना आउनुस भनेर निम्ता गर्ने, फलानाले बोलाएको छ तुरुन्त गैहाल्नुस भनेर ढाँट्ने, नभएका घटना बताएर दिक्दारीमा पार्ने आदि क्रियाकलाप आजको दिन गरिने भएकाले सतर्क रहन जरुरी छ ।
वर्षौं पहिले पश्चिमी मुलुकका केहीँ मानिसले यस दिनलाई मूर्ख बनाउने दिन घोषित गरेका थिएँ । पछि गएर यो प्रचलन विश्वभर प्रशिद्ध भयो । केहीँ मानिस आजको दिनमा अरूभन्दा आफूलाई बुद्धिमान देखाउने सोंचमा रहन्छन तर अरूको दिलमा ठेँस पु¥याउँन कुनै पनि राम्रो हुँदैन अप्रिल फूलमा पनि ।
ब्रिटेन, न्यूजिल्याण्ड, अष्टेलिया र दक्षिण अफ्रिकामा आजको दिन केवल अपराहृन सम्ममात्र हँसिमजाक गरिन्छ । यदि कोही कसैले अपराहृनपछि ठट्यौली गरे भने त्यस्लाई अप्रिल फूल भनिन्छ । तर फ्रान्स, आयरल्याण्ड, इटली, दक्षिण कोरिया, जापान, रुस, जर्मन आदि देशहरूमा भने अप्रिल फूल दिन भरी नै मनाइन्छ ।
नेपालीमा ‘फूल’लाई ‘मूर्ख’ भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मूर्ख बनाउने भएकाले यो दिनको नाम अप्रेल फूल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मूर्ख बनाएर रमाइलो गर्छन् । पहिला पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो ¤ मानिसहरू जनवरी १ लाई होइन अप्रिल १ लाई नै ‘न्यू एअर इभ’ मान्दथे । पछि केही मानिसहरूले आन्दोलन गरे र जनवरीलाई पहिलो महिना माने र ती पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यंग्य गर्न लागे र अप्रिल फूलको सुरुवात भयो ।
केही रिपोर्टमा अप्रिल फूल १३९२ मा सुरु भएको बताइएको छ । तर, यसको पनि कुनै स्पष्ट प्रमाण छैन् । केही रिपोर्टमा १५०८ मा एक फ्रेन्च कविले एक प्वाइजन डि एभरिलको सन्दर्भ दिएका थिए । १५३९ मा फ्लेमिश कवि डे डेनेले एक धनी व्यक्तिको बारेमा लेखे जसले १ अप्रिलका दिन आफ्ना सेवकहरूलाई मूर्खतापूर्ण कार्य गर्न पठाएका थिए ।
केही इतिहासकारका अनुसार प्राचीन रोममा यस प्रकारको एक पर्व मनाइन्थ्यो । यसको नाम हिलारिया थियो र यो मार्च अन्तिम हप्तामा मनाइन्थ्यो । पूरै बेलायतमा अप्रिल फूल १८औं शताब्दीदेखि लोकप्रिय भयो । स्कटल्याण्डमा एक परम्परा नै बन्यो । यहाँ यसलाई दुई दिन मनाइन्थ्यो । सो क्रममा मानिसहरूलाई मूर्ख बनाइन्थ्यो ।
आधुनिक समयमा अप्रिल फूलका दिन प्य्रांकसँगै अफवाह पनि फैलाउन थालियो । यस्तो अफवाह फैलाउन पत्रिका, रेडियो, टेलिभिजन स्टेशनसमेत सक्रिय थिएँ । यो दिन सञ्चारमाध्यममार्फत हुँदै नभएका घटना प्रशारण गरेर दर्शक र स्रोतलाई मूर्ख बनाइँयो ।
१९५७ मा बीबीसीले फर्जी समाचार प्रशारण गरेको थियो ।
बीबीसीले स्विट्जरल्याण्डमा स्फगेटीको बंपर बाली भएको समाचार प्रशारण गरेको थियो । मानिसहरूलाई मूर्ख बनाउनका लागि टेलिभिजनमा यस्ता नभएका दृष्य देखाइयो र मानिसले त्यसलाई विश्वास गरे । यस्ता समाचार १९८५, १९९६ र १९९८ मा पनि देखाइयो । मानिसले त्यसलाई विश्वास गरे अनि मूर्ख बने ।
१९औं शताब्दीमा भारतमा मूर्ख दिवस मनाउने प्रचलन बढेपछि त्यहीँबाट यो संस्कृति नेपाल भित्रिएको मानिन्छ । यो दिवस मनाउने चलन पनि विभिन्न ठाउँमा फरक छ । फ्रान्स, इटली, बेल्जियममा कागजको माछा बनाएर मानिसहरूको पछाडि टाँसिन्छ । इरानमा फरसी नव वर्षको १३औं दिन एक अर्काको मजाक उडाइन्छ । यो दिन १ वा २ अप्रिलमा पर्छ । डेनमार्कमा १ मेका दिन मूर्ख दिवस मनाइन्छ । स्पेनिश भाषा बोल्ने देशमा २८ डिसेम्बरका दिन अप्रिल फूल मनाइन्छ जसलाई डे अफ होली इनोसेन्ट्स भनिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच