खस गजल : आफ्ना गडा बाँझा राखी उदै बाइजाँदो छ

हिमालय टाइम्स
Read Time = 1 min

-दीर्घ बहादुर शाही

मार्सी यार्सा टिमुर फलन्या गडो छ, हाम्मा गाउँमा ।
देशकन नाम चिनाउँन्या चडो छ, हाम्मा गाउँमा ।।

आफ्ना गडा बाँझा राखी, उदै बाइजाँदो छ ।
तराई हरियो गर्न्या छहडो छ, हाम्मा गाउँमा ।।

कागुनो र चिनु फल्लो, फापर अनि कोद्या ।
गहुँ जौ मकै झनै फल्या, धडो छ हाम्मा गाउँमा ।।

हेर्‍या पछी सुख्खा लाग्दा, ती पहाडका ढुङ्गा ।
सिलाजित टपल्का चुइन्या, पहडो छ हाम्मा गाउँमा ।।

साँठी नाघ्या एकसट्ठीका, गाउँका बुढापाका ।
अझैँ पनि कुन्टल बोक्न्या तडो छ हाम्मा गाउँमा  ।।

  • खस भाषामा आधारित खस गजलका लेखक दीर्घ बहादर शाही कालीकोटका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?