काठमाडौं । गीतकार अगम विकरालकृत गीतसंग्रह ‘यादको मुर्छना’ हङ्कङ र कोरियामा लोकार्पण गरिएको छ । गत ३१ मार्च आइतबार हङ्कङ साहित्यिक साझा शृंखलाको १३०औं शृंखला विशेष ‘साहित्यिक पदयात्रा-३’को अवसर पारेर हङकङकै अत्यन्त रमणीय स्थल ‘ग्रास आइल्याण्ड’ (तापमुन) टापुमा उक्त कृतिको लोकार्पण गरिएको थियो ।
श्रृंखलाका संयोजक वरिष्ठ कवि एवं चित्रकार रमण गुरुङको अध्यक्षतामा सम्पन्न भएको लोकार्पण कार्यक्रममा वरिष्ठ कवि देवेन्द्र खेरेस र प्रसिद्ध कवि एवम् पत्रकार टिबी याक्खाले कृतिमाथि समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कवि एवं मुक्तककार कल्पना काफ्ले र कवि एवम् समाजसेवी कोमल पौडेलको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यक्ताहरूले कृतिभित्र अत्यन्त सुन्दर रचना समाविष्ट भएको बताउँदै उक्त रचनाहरूमा आममानिसको सपना र भावना कैद भएको टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार दाजु गुरुङ, वरिष्ठ कवि टंक सम्बाहाङफे, चर्चित कवि सुनिता गिरी, पूर्णिमाजी शाह, जानु काङवाङ, डोम राना, नरेन्द्र गुरुङ, अरुणा शर्मा, मञ्जु थापा, नारायण भण्डारी, कला राईलगायत झण्डै दुई दर्जन बढी स्रष्टाको उपस्थिति थियो ।
त्यसैगरी नयाँ वर्षको अवसर पारेर शनिबार कोरियाको राजधानी साउलको दुङदेमुनस्थित रोयल नेपाल रेष्टुरेन्टमा सोही कृतिको विमोचन गरिएको छ । गीतकार अगम विकराल स्वयमको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृतिमाथि चर्चित साहित्यकार विनेश राई ‘मिन्जाई’ (राधुङछा) र कवि गीतकार प्रविण राईले कृतिमाथि संमिक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
यस्तै, यमटियू दक्षिण कोरियाका अध्यक्ष उदय राई, खोटाङ सेवा समाज कोरियाका सचिव हरि खड्का र विजय राईलगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कोरियामा रहेका स्रष्टाहरूको बाक्लो उपस्थितिबीच सम्पन्न कार्यक्रममा नयाँ वर्ष २०८१को शुभकामना आदान–प्रदान गरिएको थियो । यो कृतिको गत महिना काठमाडौंमा पनि एक विशेष समारोहबीच लोकार्पण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच