
धनप्रसाद पण्डित
जेठ ६ गते आइतबारको अंकबाट क्रमशः
‘आज भ्रमणको अन्तिम दिन हो भनेर सोच्दा पहिलो दिनदेखि आजको दिनसम्मका घटनाहरूको झलझली याद आउँछन् । साँच्चै यो भ्रमणले हामीलाई एउटा नयाँ अनुभव दियो । हाम्रो भ्रमण सकिए पनि यो भ्रमणमा बिताएको समय जीवनभर याद रहिरहनेछ ।’ बिबिएम छैटौँ सेमेस्टर ख समूहकी छात्रा आरती थापाको यस शैक्षिक भ्रमणबारे यस्तो विचार रहेको छ : ‘यस शैक्षिक भ्रमणबाट मैले धेरै कुराहरू अझै नजिकबाट बुझ्ने मौका पाएँ । हाम्रो १३ दिनको भ्रमणमा हामी काठमाडौंबाट पोखरा हुँदै मुक्तिनाथ पुग्यौं । त्यहाँको बाटो निकै नै कठिन थियो । बीचमा हामी गाडीबाट झर्दै फेरि चढ्दै गर्दा प्रकृतिलाई अझै नजिकबाट नियाल्ने मौका पायौं ।
मुक्तिनाथमा बिहान उठेर नुहाएर भगवान्को दर्शन गरी फर्किएर गलेश्वरमा बस्यौँ । फेरि हामी बिचमा बागलुङ कालिका, कुश्मा हुँदै पोखरा आइपुग्यौं । त्यसको भोलिपल्टको हाम्रो जर्नी (यात्रा) रारा लेकको थियो । धेरै नै कठिनाइ पार गरेर हामी त्यहाँ पुग्यौं । त्यो जंगलको बीचमा रहेको निलो ताल देख्दा लाग्यो कि स्वर्ग त यहीँ हाम्रो देशमा रहेछ । त्यो ठाउँको रमणीय र मनै लोभ्याउने वातावरण देख्दा मनै हर्षित भयो । त्यहाँबाट फर्किने क्रममा हामी जुम्ला बस्यौं । जुम्लामा बस्ने मानिसहरूको दैनिक जीवन अध्ययन गर्दा निकै कठिन थियो ।
नेपालकै विकट सडक पार गरी मुक्तिनाथ र रारातालसहित थुप्रै भ्रमणीय क्षेत्र र २४ जिल्ला पुगेर अब हाम्रो टोली काठमाडौंतिर लाग्यो । यस अवलोकन भ्रमणमा बिबिएम छैटौं सेमेस्टरका ३१ जना छात्राहरूलाई चार समूहमा विभाजित गरिएको थियो । पहिलो छ जनाको समूह थियो ।
उनीहरूलाई आफ्नो दैनिकी धान्न समेत गाह्रो थियो । जुम्लामा हुने मार्सी चामल हामीले पनि खाने मौका पायौँ । जुम्लाको त्यो कलकल बग्ने खोला, बालीनाली र फलफूलका खेतीले सजिएका खेतहरू देख्दा निकै नै मन रमाएको थियो । जुम्लाबाट हामी कालिकोट गयौँ र त्यहीँ बस्यौँ । त्यहाँ न त सञ्चारको नेटवर्क थियो न त त्यहाँको मान्छेको राम्रो दैनिकी । बाटो पनि निकै अप्ठ्यारो थियो । हाम्रो भोलिको दिन सुर्खेत गएर बस्ने कार्यक्रम भएकाले त्यहाँबाट सुर्खेत गयौँ । सुर्खेतमा बजारतिर घुम्यौँ । त्यहाँको वातावरण रमणीय थियो । बुलबुले ताल, काँक्रे बिहार, शिवमन्दिर अनि देउती बज्यै हुँदै हामी फेरि अर्को दिनको यात्राको तयारीमा जुट्यौँ ।
अर्को दिन हामी सौराहा पुग्नुपर्ने थियो । त्यसैले हामी बर्दिया गएर बस्ने जिप सफारी गरेर पुनः सुर्खेत फर्किने भएकाले निकै हतार गरी बिहान चार बजे नै उठेर जिप सफारी गर्नतिर लाग्यौं । जंगलमा जाँदा चराचुरुंगीको मिठो आवाज सुन्दा र जनावरको बासस्थान देख्दा मन हर्षले रमाएको थियो । अनि कलकल बग्ने खोलाको आवाज हरियाली जंगलले मन निकै लोभ्यायो । हामी सोही दिन सुर्खेत पुग्नुपर्ने भएकाले हतार हतार गरी खाना खाएर हिँड्यौँ । राति बसमा नाचगान गर्दै रातिको ११ बजेतिर सौराहाको होटलमा पुग्यौं । खाना खाएर निकै थकाई लागेकोले सुति हाल्यौँ ।
मैले यस शैक्षिक भ्रमणबाट धेरै कुराहरू सिकेँ जुन कुरा किताबी ज्ञानले सिकाउन सक्दैन थियो । जसरी मैले मान्छेको जीवनशैलीलाई नजिकबाट बुझ्न सकेँ । दुर्गम ठाउँको जसरी आफू त्यहीँ बसेर अध्ययन गर्न सिकेँ । त्यो कुरा मेरो जिन्दगीभरि नै अविस्मरणीय र अत्यन्त ज्ञानवद्र्धक छन् । म हाम्रो क्याम्पस प्रमुख निर्देशक अग्निधर पराजुली सरलाई मनैबाट धन्यवाद दिन चाहन्छु । अनि हाम्रो कलेजले यस्तै शैक्षिक भ्रमण गराएर विद्यार्थीलाई किताबी ज्ञान र कक्षाकोठामा मात्र सीमित नगरी बाहिरी दुनियाँका (जुन धेरै नै फरक र सिक्न लायक कुरा छन्) यस्ता विषयमा प्रोत्साहन गर्नु हुनेछ । त्यसले हाम्रो भविष्यमा राम्रो छाप छोड्ने छ । म यही ज्ञान र अनुभव अगामी दिनमा लागू गर्नेछु । यो भ्रमणको अनुभव अमूल्य र अविस्मरणीय छ ।’
वैशाख २८ गतेका दिन चितवनको इडन जंगल रिसोर्टमा ब्रेकफास्ट खाएर नौ बजे काठमाडौंतर्फ हिँड्यौँ । समग्रमा पहिलो दिन नै बस रोकेको ठाउँमा कुकुरले लखेट्दा एकजना विद्यार्थी श्रद्धा वाग्लेको गिट्टीमा लड्नाले घुँडा र मुखमा चोट लागेको थियो । त्यसले यात्रामा सतर्कता अपनाउनुपर्ने सन्देश दिएकै हो । त्यसबाहेक भ्रमणदलको कुनै पनि सदस्यलाई चोटपटक लागेन नेपालकै विकट सडक पार गरी मुक्तिनाथ र रारातालसहित थुप्रै भ्रमणीय क्षेत्र र २४ जिल्ला पुगेर अब हाम्रो टोली काठमाडौंतिर लाग्यो । यस अवलोकन भ्रमणमा बिबिएम छैटौँ सेमेस्टरका ३१ जना छात्राहरूलाई चार समूहमा विभाजित गरिएको थियो । पहिलो छ जनाको समूह थियो ।
यस समूहमा मन्दिरा देवकोटा, साधना श्रेष्ठ, सन्ध्या मगरलि, प्रशंसा निरौला, प्रशंसा कार्की र श्रेया श्रेष्ठ थिए । दोस्रो नौ जनाको समूह थियो । यस समूहमा श्रद्धा वाग्ले, सिर्जना कार्की, सोनु पौडेल, अनिजा कर्माचार्य, सुनैना पौडेल, अञ्जली कलवार, आरती थापा, निलम थापा र मेघा सिंह रहेका थिए । तेस्रो समूह आठजनाको थियो । यस समूहमा सञ्जु पौडेल, सुरुचि लोहनी, पूजा पराजुली, पार्वती केसी, रिजा भट्टराई, मुस्कान खनाल, सरिता शाही र सीमा पुडासैनी थिए । अन्तिम तथा चौथो समूह छ जनाको थियो । त्यसमा शशि राई, दीक्षा भुजेल, प्रशंसा श्रेष्ठ, प्रतीक्षा भट्टराई, इच्छा काफ्ले, स्वस्तिका गुरुङ रहेका थिए ।
तेस्रो समूहकी छात्रा सरिता शाही लेख्छिन् :
‘१६ गतेदेखि सुरु भएको यो बिबिएम छैटौँ सेमेस्टरको शैक्षिक भ्रमण थियो । मैले यो शैक्षिक भ्रमणबाट धेरै कुराको अवलोकन गर्ने मौका पाएँ । हाम्रो पहिलो दिनको यात्रा काठमाडौंबाट म्यादीको गलेश्वरसम्मको रहेको थियो । पहिलो रात म्याग्दीको गलेश्वरमा बित्यो । भोलिपल्ट बिहानीको किरणसँगै उठेर नित्यकर्म गरेर गलेश्वरका प्रसिद्ध गलेश्वर महादेवको दर्शन गरिएको थियो । त्यसपछि हामी मुस्ताङको मार्फा जानका लागि यात्रा सुरु गरेका थियौं । हामी त्यहाँ पुग्दा घाम अस्ताउन लागि सकेको रहेछ । घाम अस्ताउँदाको त्यो दृश्यले मार्फाको स्याउ बगैंचाको सुन्दरतालाई बढाएको थियो । हातमुख धोएर केही समय हामी मार्फाको बजार घुम्न भनी साथीसँगी गएका थियौं । एकदमै रमाइलो थियो त्यो दृश्य ।
स्थानीय बासिन्दाको जीवन एकदमै कष्टपूर्ण थियो । हिउँदका लागि वैशाख जेठमै दाउराहरू संगालेर राख्नुपर्ने रहेछ । हिउँदमा हिउँ परेर केही गर्न नमिल्ने रहेछ । यति अवलोकन गरेर हामी होटेलतर्फ फर्किएका थियौँ ।
त्यहाँका बासिन्दाको जीवन एकदमै कष्टपूर्ण थियो । हिउँदका लागि वैशाख जेठमै दाउराहरू संगालेर राख्नुपर्ने रहेछ । हिउँदमा हिउँ परेर केही गर्न नमिल्ने रहेछ । यति अवलोकन गरेर हामी होटेलतर्फ फर्किएका थियौं । एक रातको बास बसेर हामी बिहानै गुरुहरूलाई शुभ प्रभात गर्दै हामी मुक्तिनाथको दर्शन गर्नतर्फ लाग्यौं । आधा घण्टा हिँडेर हामी मुक्तिनाथको दर्शन गरेर फर्किन लाग्दा हिउँ फुरुरु पर्न थाल्यो । मुक्तिनाथको दृश्य मन नै लोभ्याउने खालको थियो । मुक्तिनाथबाट फर्केर हाम्रो रारा मुगुको यात्रा सुरु भएको थियो । तीन दिनको लगातारको बसको यात्रापछि हामी राराताल पुगेका थियौं । यात्राभरिको दुःखकष्ट विकट ठाउँको सडकमा गुड्दा जिउ गलेको थियो ।
त्यो थकाइ राराको त्यो सुन्दर दृश्य नदेख्दासम्म मात्र रहेछ । राराको पुगिसकेपछि त्यहाँको सुन्दर वातावरणले मनै लोभ्यायो । यसले सबै यात्रामा भोगेको दुःख र पीडालाई भुलाइदियो । न होहल्ला, न धुवाधुलो नै थियो । थियो त केवल चराचुरुंगीको मीठो आवाज, कोइलीको सुमधुर स्वर, वनजंगलमा नयाँ पालुवा र ढकमक्क फुलेको लालीगुराँसको सौन्दर्य । त्यहाँको दृश्यले मनै लोभ्याएको थियो । त्यो दृश्य हेर्दै हामी त्यहाँको काठले बनेको एकदमै सुन्दर कटेजमा पुग्यौं ।
एक छिन आराम गरेर आगो ताप्दै थियौं । क्याम्पस प्रमुख धनप्रसाद पण्डित सरको आवाज आयो, ‘आज मेरो तर्फबाट च्याङ्ग्रा काटेर बारर्बिक्यू गराउँछु ।’ उहाँले यति भनेपछि सबै विद्यार्थी खुशी भएका थिए । त्यो रात नाच्दै गाउँदै र आगो ताप्दै बित्यो । भोलिपल्ट बिहानै उठेर राराको स्मरणीय दृश्यलाई आफ्नो क्यामरामा कैद गर्दै फर्कियौँ । काठमाडौं पुग्नुअघि बीचका विभिन्न ठाउँ घुम्दै १३औं दिनको तथा शैक्षिक भ्रमणको अन्तिम दिनमा छौँ ।
यो शैक्षिक भ्रमण मेरो लागि एकदमै अविस्मरणीय छ । यस भ्रमणबाट मैले प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँहरूको अवलोकन तथा भ्रमण गर्ने मौका पाएँ ।’ यस शैक्षिक भ्रमणको चौथो समूहकी छात्रा शशि राई आफ्नो अनुभव यसरी व्यक्त गर्छिन् : ‘हाम्रो यो १३ दिनको क्याम्पसले आयोजना गरेको शैक्षिक भ्रमणको आज अन्तिम दिन हो । मुग्लिनको बाटो कतै कच्ची त कतै चिल्लो रोड, चर्को घाम, अनि आफ्नै रस।्तारमा गुडिरहेको बस, त्यही बसको दोस्रो सिटको झ्यालबाट चिसो हावा लिँदै भ्रमणको बारेमा केही आफूले सिकेका र मनमा लागेका कुरा हाम्रो क्याम्पस प्रमुख सरको डायरीमा कैद गर्ने प्रयास गरेकी छु । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच