काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ११ देखि १६ गतेसम्म १६औँ संस्करण नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुुुुटीमण्डपमा हुने मेलाका लागि जेठ ३१ गतेदेखि असार ५ गतेसम्म स्टल बुकिङ खुला गरिने आयोजकले जनाएको छ ।
मेलामा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणका आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करण जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ ।
मेलामा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणलाई समूहअनुसार छुट्याइएकाले सोहीअनुरूप रजिष्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालले बताउनुभएको छ ।
बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्याउँदै आएको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आमउपभोक्तालाई नाडा अटो शो २०२४ ले सकारात्मक ऊर्जा एवं नवीनतम प्रविधिको साक्षात्कार गराउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच