
‘शब्दहार’ राजेन्द्र गुरागाईंको गीतसङ्ग्रह हो । यो सानो पकेट साइजमा छ । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगर प्रकाशक रहेको यस पुस्तकको सर्वाधिकार गीतकारमै रहेको छ । यसको पहिलो संस्करण २०७९ सालमा आएको छ र पहिलो संस्करणमा १००० प्रति प्रकाशित भएको पाइन्छ । पुस्तकको भूमिका खण्डमा १६ र पाठ्य खण्डमा ४८ गरी जम्मा ६४ पृष्ठ रहेका छन् । यस पुस्तकको मूल्य १७५ रुपैयाँ रहेको छ । सनातन प्रेस काठमाडौंमा मुद्रण भएको यस पुस्तकको छपाइ स्तरीय छ । अशुद्धिहरू कमै मत्र भेटिन्छन् । पुस्तमा पहेंलो हलुका कागजको प्रयोग भएको छ ।
पुस्तकको आवरण आकर्षक छ । रातो पृष्ठभूमिमा रहेको आवरणको माथि सेता ठूला अक्षरमा पुस्तकको शीर्षक दिइएको छ ‘शब्दहार’ भनेर । बीचमा सङ्गीतका साङ्केतिक चिहृनहरू र सारङ्गी दिइएको छ । तल गीतकारको नाम दिइएको छ । पृष्ठ आवरणमा फोटोसहित गीतकार गुरागाईको परिचय दिइएको छ । यहाँ उहाँको परिचय, प्रकाशित पुस्तकहरू, प्राप्त मानसम्मान र पुरस्कारहरूका साथै यही पुस्तकका भूमिकाकार दिनेश अधिकारी तथा दधिराज सुवेदीका भनाइहरू उद्धृत गरेर राखिएको छ ।
उहाँका कवितामा फूल, बादल, हिउँ, हिमाल, टोपी, बगैँचा, वन जस्ता कुराहरू प्रतीक बनेर आएका छन् भने छायाँ, माया, सपनाजस्ता कुराहरू बिम्ब बनेका छन् । प्रेम, राष्ट्रियता, प्रकृति चित्रण, करुणा, स्नेह, आग्रह वा आहृवान जस्ता भावकेन्द्रित गीतहरू उहाँले लेख्नुभएको छ ।
सबैभन्दा तल प्रकाशक संस्था प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको लोगोसहित नाम दिइएको छ । भूमिका खण्डमा गीतकारका पितामाता दधिराम गुरागाईं तथा पवित्रा गुरागाईंमा यो पुस्तक समर्पण गरिएको छ । त्यसपछि प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको ‘गुरागाईंजीका गीतहरू कालजयी बन्न सक्छन्’, दिनेश अधिकारीको शुभकामना, ऋषवदेभ घिमिरेको ‘गहिराई पुगेर शब्दको मोती टिपी आएको शब्दहार’ रहेका छन् । त्यसपछि विषयसूची रहेको छ । विषयसूचीबाट जानकारी भए अनुसार यस पुस्तकमा ३९ वटा प्रौढ गीतहरू र सातवटा बालगीतहरू रहेका छन् ।
गीत गायन विधा हो, नगाउँदासम्म यो अधुरो रहन्छ । गेय विधा भएको कारण यसलाई लेख्नु भनेको यसको आधार तयार गर्नु मात्र हो । पहिले गीतकारले लेखेर तयार गरेपछिमात्र त्यसलाई गायकले गाउने हो । अन्तिममा गायकको स्वरले प्रचार पाउँछ । फल पाकेपछि रूखले महत्व नपाएर फलले महत्व पाएजस्तो मात्र हो गीत पनि । तर पनि गीतकार गीतका लागि पहिलो सिर्जनाकर्ता हो । गीतकार राजेन्द्र गुरागाईंको सन्दर्भमा पनि यही कुरा भन्न सकिन्छ । गीत दुई हरफको स्थायी र चार-चार हरफका दुईवटा अन्तराको शैलीमा लेखिन्छ ।
दस हरफमा लेखिने गीत गाउँदा चाहिँ स्थायी दुईपटक दोहोरिन्छन् र चौध हरफ बन्न जान्छ । यो गतिको सिद्धान्त हो तर हाम्रो प्रचलनमा सिद्धान्तविपरीतका गीतहरू पनि लेखिएका र गाइएको पाइन्छन् । राजेन्द्र गुरागाईंका गीतहरू पनि गीतको यही सिद्धान्त अनुसार रचना भएका छन् । यस सङ्ग्रहका बालगीतहरूमा पनि यही सिद्धान्तको प्रयोग भएको छ तर पुस्तकमा स्थायीका दुई हरफ एक ठाउँमा र अन्तराका चार–चार हरफ एक ठाउँमा गरेर राखिएका भने पाइँदैनन् । सबैजसो गीतमा गीति सिद्धान्तको पालन भएर पनि उहाँका चारवटा गीतमा भने गीतको सिद्धान्त प्रयोग भएको छैन ।
उहाँको ‘रामायण जस्तै’ गीतमा अन्तरा तीनवटा छन् भने ‘ब्रहृमपुत्र किनारमा’ ‘बादलले पोखरालाई’ र ‘मैले जति अरू कस्ले’ तीन वटा गीतमा साढे दुईवटा अन्तरा रहेका छन् । यीबाहेक अरू सम्पूर्ण गीतमा गीति सिद्धान्तको पालन भएको पाइन्छ । उहाँका गीतिका शीर्षक गीत सुहाउँदा रहेका छन् । दुई शब्दका शीर्षक १४ वटा, तीन शब्दका शीर्षक २५ वटा र चार शब्दका शीर्षक सातवटा रहेका छन् ।
उहाँका कवितामा फूल, बादल, हिउँ, हिमाल, टोपी, बगैँचा, वनजस्ता कुराहरू प्रतीक बनेर आएका छन् भने छायाँ, माया, सपना जस्ता कुराहरू बिम्ब बनेका छन् । उहाँको गीतको भावमा विविधता पाइन्छ । प्रेम, राष्ट्रियता, प्रकृति चित्रण, करुणा, स्नेह, आग्रह वा आहृवान जस्ता भावकेन्द्रित गीतहरू उहाँले लेख्नुभएको छ । पुस्तकका लागि गीतिकारलाई बधाई छ । उहाँबाट अरू-अरू पुस्तक पनि आइरहून् अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच