
काठमाडौं । ‘जनतालाई रुवायो’गीतलाई भ्रष्टाचार विरुद्धको ‘गीत पुरस्कार’ प्रदान गरिने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम-सरिता पाठक फाउण्डेशनले एक लाख राशिको ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०८१’ को लागि ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’को नतिजा प्रकाशित गर्दै ‘जनतालाई रुवायो’ गीतलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सर्जक एवं वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको शब्द र चर्चित गायक एवं संगीतकार शिशिर योगीको संगीत तथा स्वरमा रहेको ‘जनतालाई रुवायो’ गीत छनौटका लागि वरिष्ठ संगीतकर्मी प्रेमराजा महतको संयोजनमा गठित सिफारिस समितिको सिफारिशमा सो गीतलाई पुरस्कार प्रदान गरिने भएको हेम-सरिता पाठक फाउण्डेशन नेपालका अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराउनुभयो ।
अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक फाउण्डेशनले योे पुरस्कारको स्थापना गरेको हो । पुरस्कार निकट भविष्य मै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानले जनाएको छ । यसअघि एक लाखको ‘भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता २०८१’को उत्कृष्ट पच्चीस घोषणा भइसकेका छ ।
प्रतिष्ठानले दुई लाख राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ पनि प्रदान गर्ने गरेको छ । यस्तै, प्रतिष्ठानले नेपालमा स्कुल सञ्चालन, विपन्न वर्गका लागि घर निर्माण र आयमूलक कार्यक्रमका लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं ल्याएर पठनपाठन पनि गराइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच