काठमाडौं । धनविक्रम सिंहद्वारा लेखिएका विचारमूलक लेखहरूको संग्रह ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ शीर्षकको पुस्तक शनिबार एक समारोहबीच लोकार्पण भयो । ललितपुर झम्सिलखेलस्थित सिंह निवासमा आयोजित उक्त, कार्यक्रमको सभापति उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती रहनुभएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा.कुलप्रसाद कोइराला प्रमुख अतिथि तथा नेपाल सरकारका पूर्वसचिव शम्भु कोइराला र समाजसेवी डा.ताराबहादुर कुँवर विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा लेखककी कान्छी छोरी मिनी सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा प्रमुख अतिथि, विशष्ट अतिथि, अतिथि, पुस्तकका लेखकलगायतबाट पुस्तको लोकार्पण भएको थियो । साहित्यकार विनोद दाहाल वत्सले लोकार्पित पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमामा लेखक सिंहले पुस्तक लेखिनुको सन्दर्भमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो भने विशिष्ट अतिथि शम्भु कोइरालाले पुस्तक भनेको इतिहास भएकाले यसले मानिसलाई अमर बनाउँछ भन्नुभयो । यसैगरी प्रमुख अतिथि प्राडा.कुलप्रसाद कोइरालाले विचार र ज्ञानको समाप्ति कहिल्यै पनि नहुने भएको कारण यसलाई चिनेर उपयोग गर्न सक्नुपर्छ भन्नुभयो ।
पुस्तक लेख्नु भनेको ज्ञान संप्रेषण गर्नु हो भन्दै उहाँले भूगोल र समयले लेखकलाई छेक्न नसक्ने विचार व्यक्त गर्नुभयो । ईश्वर खरेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा लेखककी जेठी छोरी ममता सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापति भारतीले पुस्तकको महत्वबारे आफ्नो विचार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच