हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–१ ठेहे गाउँमा रहेको पञ्चमुखी आधारभूत विद्यालयको बालविकासमा एक सय जना विद्यार्थीले एउटै कक्षा कोठामा कोचाकोच गरी पढ्नु पर्ने बाध्यता रहेको छ । गत वर्षमा करीब ६० जना विद्यार्थी रहेको भएपनि यो वर्षको शैक्षिक सत्रदेखि विद्यार्थी बढ्दै गएपछि विद्यार्थीले कोच्चीएर एउटै हलमा बस्दै आउनु परेको हो ।
गाउँको नजिक सडक छेउमै विद्यालय भएका कारण पनि वडा नम्बर एक र दुईका प्राय जसो सबै विद्यार्थी भर्ना हुँदा बालविकासका लागि निर्माण भएको भवनाको हलमा विद्यार्थी भरिभराउ हुने हुँदा उनिहरुको पठनपाठनमा समस्या भएको पञ्चमुखी आधारभूत विद्यालयका शिक्षक लक्ष्मण बोहराले बताउनुभयो । शिक्षक बोहराले भन्नुभयो, “बालविकासको कोठा साँघरो छ, उनिहरुलाई दिउँसो आराम गर्ने समयमा थप समस्या बनाउने गरेको छ ।” बालविकासका लागि दुई कोठे भवन निर्माण भएपनि एउटै हलमा राखेर पठनपाठन गराउनु पर्दा समस्या हुने गरेको छ ।
एक शिक्षिकाले एक सय विद्यार्थी पढाउँदै
एक जना शिक्षिकाले बालविकासका एक सय जना विद्यार्थीलाई पठनपाठन गराउदै आउनु परेको छ । बालविकासका विद्यार्थीका लागि शिक्षकको समेत अभाव छ । शिक्षिका सत्यदेवी उपाध्ययले बालविकासमा अध्ययन गर्दै आएका एक सय जना विद्यार्थीलाई पठनपाठन गराउँदै आउनु परेको छ । बालविकासका लागि शिक्षक अभाव हुँदा फागुनमा सुरु भएको शैक्षिक सत्रदेखि सय जना विद्यार्थीलाई एक जना शिक्षिका उपाध्ययले पठनपाठन गराउँदै आउनु परेको हो ।
एउटै हलमा एक सय जना विद्यार्थी काेच्चिएर बस्नु पर्ने बाध्यताका साथै उनिहरुको पढाइमा समेत बाधा पुग्ने गरेको शिक्षिका उपाध्यायले बताउनुभयो । साविक वडा एकदेखि छ सम्मका दुई वटै वडाका प्राय सबै बालबालिका बालविकासमा भर्ना भएपछि यस्तो समस्या आएको उहाँको भनाई छ । एउटै कोठामा वडा एक र दुईका बालबालिका बढी हुँदा उनिहरुको पढाइमा समेत समस्या भएको हो ।
ठेहे गाउँ जिल्लाको सबै भन्दा ठूलो र बढी जनसंख्या भएको गाउँ हो । यस्तै कक्षा पाँचसम्म रहेको पञ्चमुखी आधारभूत विद्यालयमा शिक्षकको समेत अभाव भएको बताइएको छ । तीन जना स्थायी र तीन जना अस्थायी शिक्षक भएपनि अन्य माथिल्लो तहका कक्षाका विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको प्रधानध्यापक विष्णु बोहराले बताउनुभयो । गाउँपालिकालाई शिक्षक अभावको विषयमा जानकारी गराएपनि सुनुवाई हुन नसकेको प्रधानध्यापक बोहराको भनाई छ ।
यस्तै कक्षा एकदेखि पाँचसम्म झण्डै ८५ जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् । ठेहे गाउँमा तीन वटा विद्यालय रहेका छन् । गाउँ ठूलो र जनसंख्या बढी हुँदा गाउँमा बालविकास देखि माध्यामिक विद्यालय गरेर तीनवटा रहेका छन् । एक माध्यामिक विद्यालय रहेको छ । अधिकांस ठेहेबासी सिमकोट लगायत अन्य ठूला शहरमा बसोबास गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच