
काठमाडौं । चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक प्रशारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा कार्यक्रमका निर्णायकका साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए । प्रतियोगिताका लागि पाँच हजारभन्दा धेरै प्रतियोगीहरूको डिजिटल अडिसन प्राप्त भएको थियो भने त्यसमध्येबाट ५०० उत्कृष्ट छनोट गरी फिजिकल अडिसन लिइएको थियो । कार्यक्रम हरेक बिहीबार र शुक्रबार कान्तिपुर टेलिभिजनमा नौ बजे प्रशारण हुनेछ भने प्रतियोगिता ३२ एपिसोडको हुनेछ ।
‘नेपहपको श्रीपेच २’को विजेताले १० लाख नगद, वल्र्ड टुरको अवसर एवं विभिन्न ब्राण्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् भने उपविजेताले नगद पाँच लाख नगदका साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्ने जनाइएको छ ।
दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच २’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गर्नुभएको हो भने कार्यकारी निर्माताका रूपमा रोशनकुमार श्रेष्ठ रहनुभएको छ । कार्यक्रममा निर्णायकका रूपमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ ‘दोङ’ हुनुहुन्छ ।
यसअघि पहिलो सिजनमा जजका रूपमा हाल काठमाडौंका मेयर बालेन साह पनि रहनुभएको थियो । साथै मेन्टरका रूपमा पहिलो सिजनको विजेता भाइबर साइमन, भ्योमा र ‘याबी द गोट’ रहनुभएको छ । कार्यक्रमलाई निकेश खड्काले निर्देशन गर्दै हुनुहुन्छ । त्यस्तै कार्यक्रम सञ्चालकका रूपमा सुजता श्रेष्ठले नै निरन्तरता पाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच