
काठमाडौं । हङ्कङ साहित्यिक साझा शृंखलाले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई पुरस्कृत गर्ने उद्देश्यले ‘हङ्कङ साहित्यिक साझा शृंखला पुरस्कार’ स्थापना गरेको छ । हङ्कङबाहिर जुनसुकै भूगोलमा रहेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएका एकजना स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रुपैयाँ पचपन्न हजार पाँचसय पाँच र सम्मानपत्र रहने हङ्कङ साहित्यिक साझा शृंखलाका संयोजक रमन गुरुङले बताउनुभयो ।
पूर्वसंयोजक दाजु गुरुङले ‘हङकङ साहित्यिक साझा शृंखला’ पुरस्कारका लागि एक अक्षयकोष स्थापना गरिसकिएको जानकारी गराउनुभयो । ‘अक्षय कोषबाट प्राप्त हुने व्याजबापतको रकमबाट प्रत्येक वर्ष एकजना स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति छ र पुरस्कार यसै वर्षदेखि सुरु गरिनेछ,’ उहाँले भन्नुभयो । सन् २०१२ मा हङ्कङमा स्थापना भएको हङ्कङ साहित्यिक साझा शृंखलाले नियमित रूपमा मासिक साहित्य शृंखला सञ्चालन गर्दै आएको छ भने ‘शृंखला’ नामक साहित्यिक संगालोसमेत प्रकाशन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच