नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा राष्ट्रिय बालदिवस, शिक्षा दिवस तथा संविधान दिवस २०८१ को अवसरमा शिक्षक तथा विद्यार्थी सम्मान गरिएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरले शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । " हामीले निति कार्यक्रम, बजेट देखी सो बजेट शिक्षालाई नै फोकस गरेर राखेका छौं । यो निति र बजेट कार्यान्वयन गर्दै गर्दा नगरको शिक्षामा सुधार ल्याउनका सकिन्छ ।" नगरसबै विद्यालयहरुमा बिषयगत शिक्षकहरुको ब्यवस्था गर्ने देखि शिक्षकहरुलाई ल्यापटप दिने सम्मका कार्यक्रमहरुलाई निरन्तरता दिनेगरी नगर अघिबढेको जानकारी गराउनु भएको छ । नगरले गरेको शिक्षकहरुको सरुवा स्थानिय सरकारको एउटा नियमित प्रक्रिया रहेको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले नगरका विद्यालयहरुमा कार्यरत सबै शिक्षक कर्मचारीहरुलाई नतिजाको अधारमा सम्मान गरिने बताउनु भयो । "आज सम्मानितमा नपरेपनि राम्रो नतिजा दिनुहोस आगामी दिनमा सम्मानित गर्छौं ।" उपाध्यक्षले भन्नु भयो ।
नगर प्रवत्ता सन्त बहादुर गाहाले चालु शैक्षिक बर्षललाइ शैक्षिक सुधारको बर्षको रुपमा अगाडि सारेको बताउनु भयो । " राम्रो नतिजा आउने शिक्षक राम्रो बढाउनै पर्छ । राम्रो पढाएर मात्रै राम्रो नतिजा ल्याउन सकिन्छ " गाहाले भन्नु भयो । शैक्षिक सामग्री निमार्ण गरि प्रर्दशन गर्दै कक्षा शिक्षण गर्न सके सिकाइ प्रभाबकारी हुने गाहाको भनाइ छ । त्यसै वडा नं. १६ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक भिमकाजि गुरुङले नगरका ग्रामिणतहका बिद्यालयमा पढ्ने विद्यार्थीहरुले पनि बजार क्षेत्रका विद्यालयमा पढ्ने सरह समान खालको पढाई पढ्न पाउनु पर्नेमा जोड दिनु भएको थियो । अहिले बजारका विद्यालयमा मात्र ध्यान दिने तर नगरको पहाडी क्षेत्र र तराईका ग्रामिण क्षेत्रका विद्यालयमा कम ध्यान गएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत प्रकाश खनाल, बाल्मिकी मा.बि. विधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझी, सरस्वती मा.बि. का प्राध्यानाध्यापक सोमनाथ अधिकारी लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका
स्तरीय शिक्षकहरुको कवीता लेखन तथा वाचन प्रतियोगीतामा राजा महात्मा पुर्णभद्र मा.बि.का शिक्षकहरु उत्कृष्ट हुनु भएको छ । नगर भित्रका विभिन्न विद्यालयका २१ जना शिक्षकहरुको सहभागी रहेको प्रतियोगितामा गीता मरासीनी प्रथम , एक नारायण तिमिल्सीना द्धितिय र डा. हरि प्रसाद घिमिरेले तृतीय स्थान हासील गर्नुभएको छ ।उहाहरु तिनै जना राजा महात्मा पुर्णभद्र मा.बि.मा पढाउनु हुन्छ ।
सोही क्रममा नगर भित्रका कक्षा ४ देखि ५ सम्मका बिद्यार्थीहरु विच भएको श्रुती लेखन प्रतियोगिता, कक्षा ९ र १० कक्षामा अध्ययनरत बिद्यार्थीहरु विचको वक्तृत्वकला प्रतियोगिता र आधारभुत तह कक्षा ८ देखी स्नातक तहसम्म उत्कृट नतिजा ल्याउने बिद्यार्थीहरुलाई सम्मान गरीएको छ । भने बिषयगत रुपमा उत्कृष्ट शिक्षकहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
शिक्षा, युवा तथा खेलकुद शाखाले नगरका शिक्षकहरु विच कविता लेखन तथा वाचन प्रतियोगिताको निर्णायमा डा.धनश्याम न्यौपाने, शेषकान्त पौडेल र प्रकाश खनाल निर्णायकमा रहनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच