
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेको नयाँ कविताकृति ‘हुरीको इन्द्रेणी उक्लेर’ पाठकमाझ आएको छ । मानव जीवनका समसामयिक विषयमाथि गहिरो र फरक चिन्तन गरेर लेखिएका ४६ वटा लामाछोटा कविता यस कृतिमा समेटिएको छ ।
उहाँका समकालीन कवि मित्रहरू दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, अविनाश श्रेष्ठ र अशेष मल्लले कवितामाथि भूमिका लेख्दै घिमिरेको काव्यकारिताप्रति गर्व गर्नुभएको छ । यस्तै यो कृतिमा वरिष्ठ कवि बैरागी काइँलाले पनि भूमिका लेख्नुभएको छ ।
कविता लेखनमा पाँच दशक विताउनुभएका घिमिरेले थोरै तर उच्चकोटिका कविता लेख्ने कविको परिचय बनाउन सफल हुनुभएको छ । घिमिरेका ‘काँडाकाँडामा टेकेर’ र ‘कठघरामा उभिएर’ नेपाली कविता साहित्यका चर्चित काव्यकृति हुन् । उहाँको तेस्रो काव्यकृति ‘हुरीको इन्द्रेणी उक्लेर’लाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच